नयाँ राइडिङ मोड र एबीएससहित हिरो ग्ल्यामर एक्स १२५ लन्च
हिरो मोटोकर्पले ग्ल्यामर एक्स १२५ मोटरसाइकल भारतीय बजारमा लन्च गरेको छ।...
विश्वको सबैभन्दा ठूलो टु–ह्विलर अटो उत्पादक हिरो मोटोकर्पले आफ्नो बजार युरोपेमा समेत विस्तार गर्ने भएको छ । हिरो मोटोकर्पले अर्को वर्ष युरोप हुँदै आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गर्ने योजना बनाएको हो ।
बाइक निर्माताले आर्थिक वर्ष २०२६ को दोस्रो त्रैमासिकमा जर्मनी, फ्रान्स, स्पेन र बेलायतमा मोटरसाइकल र स्कुटर बिक्री सुरु गर्ने तयारी गरेको छ ।
हिरो मोटोकर्पका अध्यक्ष पवन मुन्जालका अनुसार बाइक निर्माताले युरोप लगायत अन्य बजारमा आफ्नो उपस्थिती मजवुत बनाउन लगानी थप्ने रणनिती बनाएको छ । ‘हिरो फर स्टार्टअप्स’ पहल सहित आफ्नै प्लेटफर्महरू मार्फत, कम्पनीले अर्को पुस्ताका उद्यमीहरूलाई मार्गदर्शन गरिरहेको छ’ कम्पनीको आर्थिक वर्ष २०२५ को वार्षिक प्रतिवेदनमा उनले भनेका छन् ।
आर्थिक वर्ष २०२४/२५ मा, हिरो मोटोकर्पले दक्षिण एसिया र ल्याटिन अमेरिकामा बलियो उपस्थिती जनाउँदै अन्तर्राष्ट्रिय बजारमा ४३ प्रतिशत वार्षिक वृद्धि हाँसिल गरेको थियो ।
हिरोको इलेक्ट्रिक सब–ब्रान्ड भिडाले पनि बिक्रीमा उच्च बृद्धि हाँसिल गरिरहेको छ । भिडाको बिक्री अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष २०० प्रतिशतले बृद्धि भएको कम्पनीको भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...