बुटवल र भैरहवामा टोटल इनर्जिज लुब्रिकेन्ट्सको निःशुल्क सर्भिस क्याम्प सम्पन्न

काठमाडौं–बुटवल र भैरहवामा टोटल इनर्जिज लुब्रिकेन्ट्सको निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ । टोटल इनर्जीज लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले क्याम्प आयोजना गरेको हो ।

चारपाङ्ग्रे सवारीलाई लक्षित गरी बुटवलको एड्भान्स अटो केयरमा गत असार १२ र १३ गते क्याम्प आयोजना गरिएको हो । जहाँ, ७० बढी गाडीले सेवा लिएका थिए । यसैगरी, दुईपाङ्ग्रे सवारीका लागि भैरहवाको धमेन्द्र मोटरसाइकल स्पेयर्स पाट्र्समा असार १९ र २० गते भएको सर्भिस क्याम्पमा ५० बढी मोटरसाइकल सहभागी भएको कम्पनीले जनाएको छ ।

सर्भिस क्याम्पमा सहभागी सवारी साधनलाई निःशुल्क सर्भिसिङ, इन्जिन चेकअप, र लुब्रिकेन्ट सम्वन्धि परामर्श प्रदान गरिएको थियो । ग्राहक र मेकानिकलाई टोटल इनर्जिजका क्वार्ज र रुविया जस्ता हाई पर्फमेन्स उत्पादनको बारेमा जानकारी दिइएको थियो ।

कम्पनिका अनुसार, कार्यक्रममा सहभागी ग्राहक र मेकानिकलाई गिफ्ट आइटमहरू वितरण गरिएको थियो । यस कार्यक्रमले स्थानिय बजारमा टोटल इनर्जिजको ब्रान्ड उपस्थितिलाई थप सुदृढ बनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...