जाडोमा स्कुटर र मोटरसाइकललाई कसरी जोगाउने ? अपनाउनुस् यी टिप्स
अत्याधिक चिसो र बाक्लो कुहिरोका बीचमा स्कुटर र बाइक चालकले धेरै समस्या...
काठमाडौं–अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ सुरुवात भएको घोषणा गरेको छ । बोशको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेश्नलसंगको सहकार्यमा सोमबार एक कार्यक्रम गरी कम्पनीले यसवारे जानकारी दिएको हो ।
काठमाडौंका स्थानिय मेकानिकलाई लक्षित गरी ल्याइएको यस कार्यक्रमले वोश ब्रान्डको स्पयेर पार्ट्सको बजारिकरणमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ । कार्यक्रममा स्थानिय वितरक, मेकानिक्स र बोश भारतका विशिष्ट व्यक्तित्वहरु सहित १५० जना बढि सहभागि थिए ।

नेपाली बजारकै लागि भनेर विशेष रुपले डिजाइन गरिएको यस एप बोश प्लेटफर्ममा दर्ता भएका मेकानिक्सलाई लक्षित गरि ल्याइएको हो । कार्यक्रममा बोल्दै बोश मोबिलिटी आफ्टरमार्केट भारतकी क्षेत्रीय अध्यक्ष तथा सार्क प्रमुख रिथी सेठीले नेपाल अटोमोटिभ आफ्टरमार्केट क्षेत्रको लागि एक महत्वपूर्ण बजार रहेको बताइन् ।
‘हाम्रो बोश’ कार्यक्रमले स्थानिय स्तरमा खुलेका ग्यारेजलाई ओरिजिनल बोश पार्टपुर्जाको बढ्दो प्रयोगको लागि आकर्षक अंक र प्रोत्साहन प्रदान गर्ने भएकाले यस मोबाइल एपमार्फत पोइन्टहरू ट्रयाकिङ र रिडिम गर्न सहज अनुभव प्रदान गर्ने उनको भनाई थियो ।
बोश नेपालका कन्ट्री म्यानेजर सन्दीप कामतले नेपालमा उन्नत उत्पादनहरू र प्रविधिहरू परिचय गराउनमा बोश सधैं अग्रणी रहेको बताए । ‘हाम्रो बोश ले नेपालमा रहेका आफ्ना ग्राहकसँग बोशले जोडेको सम्बन्ध र विश्वासको भावनालाई प्रतिबिम्बित गर्दछ’ उनले भने ।

सत्यदिप इन्टरनेश्नलका प्रबन्ध निर्देशक दिपेन्द्र मिश्रले २० वर्षभन्दा बढि समयदेखी नेपाली बजारमा बोशसंग आबद्ध हन पाउनु गर्बको विषय रहेको बताए । उनले भने, ‘अटोमोटिभ क्षेत्रको मुटु मानिने मेकानिक्सलाई लक्षित गरी यो डिजिटल पहल सुरु गर्न पाउँदा हामी हर्षित छौ । हाम्रो बलियो वितरण नेटवर्कका कारण यस कार्यक्रमले बोशको बजार प्रबद्र्धनमा सहयोग पुर्याउने छ ।’
अत्याधिक चिसो र बाक्लो कुहिरोका बीचमा स्कुटर र बाइक चालकले धेरै समस्या...
सवारी साधन सम्बन्धी धेरै प्राविधिक शब्दहरू दैनिक प्रयोगमा आए पनि धेरै...
आयल ल्युब सिस्टम (ओएलएस) भारतको फरिदावादमा अवस्थित प्रसिद्ध अटोमोटिभ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...