नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको प्रतिनिधिमण्डल चीन भ्रमणमा, अध्यक्ष भट्टराईद्वारा शुभकामना व्यक्त

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष गोपाल भट्टराईले चीनको अवलोकन भ्रमणमा प्रस्थान गरेको महासंघको प्रतिनिधिमण्डललाई सफल, सुरक्षित तथा उपलब्धिमूलक यात्राको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष भट्टराईद्वारा जारी शुभकामना सन्देशमा चीन भ्रमणका क्रममा प्रतिनिधिमण्डलले एपीईएएस अटो पार्ट्स एक्सापे सांघाई २०२६ को अवलोकन गर्नुका साथै आधुनिक अटो पार्ट्स, ग्यारेज उपकरण, विद्युतीय सवारी प्रविधि, उत्पादन प्रणाली तथा अटोमोबाइल उद्योगका नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय अभ्यासबारे प्रत्यक्ष जानकारी हासिल गर्ने उल्लेख गरिएको छ ।

उनले उक्त भ्रमणबाट प्राप्त हुने ज्ञान, सीप र अनुभवले नेपालको अटोमोबाइल क्षेत्रलाई अझ आधुनिक, प्रतिस्पर्धी तथा प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी, चीनस्थित एसआरएम तथा जोयलङ सवारी साधन उत्पादन गर्ने उद्योगहरूको अवलोकन तथा अध्ययन भ्रमणको व्यवस्था मिलाएको नेपालका आधिकारिक वितरक भीजी मोटर्स परिवारप्रति अध्यक्ष भट्टराईले हार्दिक आभार व्यक्त गरेका छन् । उनले यस्ता पहलहरूले नेपाल र चीनबीच अटोमोबाइल क्षेत्रको ज्ञान आदान–प्रदान, प्रविधि हस्तान्तरण, लगानी तथा व्यावसायिक सहकार्यलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष भट्टराईले प्रतिनिधिमण्डलले भ्रमणका क्रममा हासिल गर्ने ज्ञान, अनुभव तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई नेपालको अटोमोबाइल क्षेत्रको विकास र व्यवसायको स्तरोन्नतिमा प्रभावकारी रूपमा उपयोग गर्ने अपेक्षा व्यक्त गर्दै पुन: सफल, उपलब्धिमूलक तथा सुरक्षित भ्रमणको शुभकामना व्यक्त गरेका छन् ।

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका प्रतिनिधिमण्डलको यो भ्रमणले नेपाली अटोमोबाइल तथा अटो मेकानिक्स क्षेत्रलाई अन्तर्राष्ट्रिय प्रविधि, नवीन अभ्यास र व्यावसायिक सहकार्यसँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...