स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’ शनिबार हुँदै
काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...
बजाजले आफ्नो प्रिमियम मोडल डोमिनार २५० र डोमिनार ४०० को अपडेटेड भर्सन लन्च गर्ने तयारी गरेको छ । बाइक निर्माताले डोमिनार इभोल्भ्ड शब्दसहित डोमिनारको सिल्हूट देखाउने टिजर तस्विर सार्बजनिक गरेर यसबारे जानकारी दिएको हो ।
यी दुवै बाइकमा पल्सर एनएस ४०० जेड जस्तै नयाँ एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल र नयाँ स्विचगियर उपलब्ध हुनेछ । बजाजका अनुसार, दुबै बाइकमा हाल उपलब्ध इन्धन ट्याङ्कीमा माउन्ट गरिएको सानो एलसीडी डिस्प्ले भने हटाइने छ ।
डोमिनारका यी दुबै मोडलमा मेकानिकल परिवर्तनहरू भने नगरिने भएको छ । जसअनुसार, डोमिनार २५० को २०२५ संस्करणमा उहि पुरानै २४८.७७ सीसी, लिक्विड–कुल्ड, सिंगल–सिलिन्डर इन्जिन प्रयोग गरिनेछ ।
यसैगरी, डोमिनार ४०० मा पनि ३७३.३ सीसी, सिंगल–पोट युनिट प्रयोग गरिनेछ, जसले ३९ बीएचपी र ३५ एनएम टर्क जेनेरेट गर्दछ । दुबै बाइकमा ६–स्पीड गियरबक्स जडान हुनेछ ।
डोमिनारका यी दुबै मोडल नेपाली बजारमा समेत उपलब्ध चर्चित मोटरसाइकल हुन् । हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिमार्फत बिक्री हुँदै आएको यी मोटरसाइकलको मूल्य क्रमशः ५ लाख ६० हजार र ६ लाख १४ हजार रुपैयाँ पर्छ ।
काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...
बजाजको चेतक इलेक्ट्रिक स्कुटरले बिक्रीको हिसाबले नयाँ कोसेढुङ्गा हासिल...
काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...