सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी, यस्तो हुनेछ सेवा
काठमाडाैँ – सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि...
ईरान र इजरायलबीच जारी तनावले विश्वभर तेस्रो विश्वयुद्धको सम्भावनाबारे गम्भीर चिन्ता बढाएको छ। दुबै राष्ट्र आ-आफ्नो गुट बलियो बनाउने प्रयासमा छन्, र आगामी केही दिन अन्तर्राष्ट्रिय राजनीति र सुरक्षाको हिसाबले निर्णायक सावित हुनसक्छ । यस संवेदनशील अवस्थामा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आधिकारिक सवारी साधन, औडी ए८एल सेक्युरिटि चर्चाको केन्द्रमा आएको छ।
सो कार सामान्य सेडान जस्तो देखिए पनि यसको सुरक्षा विशेषता यति उच्चस्तरका छ कि यसलाई "सडकमा चल्ने ट्याङ्क" भन्न सकिन्छ। इजरायल पीएम नेतान्याहू जस्तो उच्च सुरक्षा जोखिम भएका नेताका लागि यो कार केवल सुविधा नभई जीवनरक्षक उपाय पनि हो।
सो गाडीमा ६ लिटरको १२ सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ४५० बीएचपी पावर उत्पादन गर्छ। यसको मूल्य १० करोड भारु भन्दा बढी छ। सो कार भीआर१० स्तरको सुरक्षा प्रणालीले सुसज्जित छ, जसले शक्तिशाली हतियार र बम विस्फोटबाट सुरक्षा दिन्छ। यसमा एरामिड फाइबर, विशेष स्टील र बलियो एलुमिनियम संरचना प्रयोग गरिएको छ ।
यस कारका सिसा भीआर९ स्तरको छ । फ्यूल ट्याङ्क र इन्जिन क्षेत्रको तल्लो भागमा विशेष धमाका प्रतिरोधी तह राखिएको छ। साथै, सो कार एचजी८५ स्तरको विस्फोट पनि सहन सक्छ।
यसमा पीएएक्स रन-फ्ल्याट टायर छ, जसले पंक्चर भए पनि ८० किलोमिटरसम्म ८० किलोमिटर प्रति घण्टाको गतिमा चल्न सक्छ। इजरायली प्रधानमन्त्रीको सो सवारीमा यति धेरै अत्याधुनिक व्यवस्था गरिएको छ कि आपतकालीन अवस्थाहरूका लागि ढोका विस्फोट गरेर खोल्ने प्रणाली, इन्टरकम सिस्टम, फ्ल्यासिङ लाइट, र सायरन जस्ता थुप्रै विशेषता छ। सो कार पूर्ण रूपमा हाइली कस्टमाइज्ड छ, जसमा १,२०० भन्दा बढी पार्ट्स परिवर्तन गरिएको छ ।
काठमाडाैँ – सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि...
काठमाडौँ -नेपालको एकमात्र अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकम नवौं...
हालै लन्च भएका अधिकांश कारहरूमा विभिन्न प्रिमियम सुविधा प्रदान गरिएको छ,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...