हिरो मोटोकर्पले पोखरामा ‘एक्सट्रयाक’ आयोजना गर्ने

काठमाडाैं - हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले अफरोड राइडिङ प्रेमीका लागि आयोजना गर्ने ‘एक्सट्रयाक’ इभेन्टको दोस्रो संस्करण यही जेठ ३१ गते पोखरामा हुने भएको छ ।

पहिलो संस्करण धुलिखेलस्थित ‘डर्ट टेम्पल’ मा सम्पन्न भएको यो इभेन्ट ३ सयभन्दा बढी राइडरहरूको सहभागितासहित अत्यन्त सफल भएको थियो ।

हिरो मोटोकर्प नेपालद्वारा आयोजित यस ‘एक्सट्रयाक’ इभेन्ट पोखराको महेन्द्र गुफा नजिक विशेष अफरोड ट्र्याकमा आयोजना गरिनेछ, जसमा सहभागीले हिरोको एडभेन्चर श्रेणी अन्तर्गतको एक्सपल्स २०० फोरभी र एक्सपल्स २०० फोरभी प्रो मोटरसाइकल ट्र्याकमा प्रत्यक्ष चलाएर आफ्नो अफरोड कौशल परीक्षण गर्न सक्नेछन् । अफरोड ट्रेनिङ, सेक्युरिटी मापदण्ड, र प्रोफेसनल मार्शलको निर्देशनसहित राइडिङ टिप्ससमेत प्रदान गरिनेछ ।

सुरक्षा सुनिश्चित गर्न सहभागीहरूले चालक अनुमति पत्र, सेफ्टी गियर अनिवार्य रुपमा ल्याउनु पर्नेछ । इच्छुक राइडरहरूले हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेजमार्फत निःशुल्क रजिस्ट्रेसन गर्न सक्नेछन् । सहभागी अनुभवी राइडरहरूलाई कम्पनीको तर्फबाट मोटरसाइकल र एक्सपल्स ब्राण्डको लिमिटेड एडिसन जर्सी निःशुल्क प्रदान गरिने छ ।

कम्पनीका अनुसार कार्यक्रमको मूल उद्देश्य नेपाली युवा पुस्तामा मोटरसाइकल संस्कृतिको प्रवद्र्धन गर्नुका साथै हिरो मोटोकर्पद्वारा नेपाली बजारमा उपलब्ध प्रविधियुक्त आधुनिक बाइकहरूको प्रत्यक्ष अनुभव प्रदान गर्नु हो । सीजी हिरो मोटोकर्पले नेपालमा ‘राइड फर एडभेन्चर’ अभियानलाई नयाँ स्तरमा लैजान ‘एक्सट्रयाक’लाई निरन्तरता दिने बताएको छ ।

इभेन्ट शनिबार बिहान १० बजे सुरु हुनेछ । अफरोड राइडिङ अनुभव खोजिरहेका राइडरका लागि यो इभेन्ट स्मरणीय बन्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

हिरो एक्सट्रिम १२५आर, यस्ता छन् विभिन्न विशेषता

हिरो एक्सट्रिम १२५आर, यस्ता छन् विभिन्न विशेषता

हिरो मोटोकर्पले आफ्नो नयाँ उत्पादन एक्सट्रिम १२५आर बाइक भारतीय बजारमा...

हिरो एक्सिट्रम २५० आर र एक्सपल्स २१० को बुकिङ खुला

हिरो एक्सिट्रम २५० आर र एक्सपल्स २१० को बुकिङ खुला

हिरो मोटोकर्पले भारतमा एक्ट्रिम २५० आर र एक्सपल्स २१० को लागि बुकिङ खुला...

हिरो एक्सपल्स सिरिजको मूल्य ३२ हजारसम्मले वृद्धि, २०० टीको मूल्य अव ३ लाख ८४ हजार

हिरो एक्सपल्स सिरिजको मूल्य ३२ हजारसम्मले वृद्धि, २०० टीको मूल्य अव ३ लाख ८४ हजार

हिरोको सर्बाधिक लोकप्रिय वाइक एक्सपल्स सिरिज ३२ हजार रुपैयाँसम्मले महंगो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...