छिट्टै नयाँ मोडल सार्वजनिक गर्दै, नेपालमा आफ्नो उपस्थिति पुनःपुष्टि गर्दै सेरेस

काठमाडौं - सेरेस ब्रान्डको बारेमा फैलिएका हल्लाहरूको बारेमा स्पष्ट गर्दै ब्रान्डले नेपालमा आफ्नो सेवा निरन्तर रूपमा दिइरहेको पुष्टि गरेको छ। नेपालमा सेरेस सवारीसाधनको अधिकृत वितरक एमएडब्ल्यू अटोमोबाइलले सेरेसको कारोबार नियमित रूपमा चलिरहेको मात्र होइन, छिट्टै नै तीनवटा नयाँ मोडल सार्वजनिक गर्ने तयारीसमेत भइरहेको जानकारी दिएको छ। यसले नेपाली बजारप्रति सेरेसको प्रतिबद्धता र यहाँको अटोमोबाइल क्षेत्रभित्र उसको उपस्थितिलाई अझै मजबुत बनाएको छ।

एमएडब्ल्यू अटोमोबाइलले गर्वका साथ आफुलाई नेपालको नम्बर १ अटोमोबाइल कम्पनीका रूपमा प्रस्तुत गरेको छ, जसको बलियो बिक्री र सेवा संरचनाले सेरेसका ग्राहकहरूलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ। हालसम्म नेपालभरि ५०० भन्दा बढी सेरेस गाडीहरू वितरण भई सञ्चालनरत भएको र यो ग्राहकहरूको बढ्दो विश्वास र सेरेसप्रतिको सन्तुष्टि दर्शाउने प्रमाण भएको कम्पनीले दाबी गरेको छ ।

इलेक्ट्रिक भेइकलका क्षेत्रमा प्रवेश गरेदेखि नै एमएडब्ल्यू वृद्धिले एक स्थायी ग्राहक वर्ग निर्माण गरेको छ र नेपालको दिगो यातायाततर्फको यात्रामा उल्लेखनीय योगदान पुर्‍याएको छ। ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै देशभर फैलिएको सेवा केन्द्रहरूको सञ्जालमार्फत सेरेसले गाडीधनीहरूलाई सहज र समयमै सेवा उपलब्ध गराइएको बताएको छ।

देशभर सर्भिस लोकेसनहरूको संख्या बढेसँगै ग्राहकहरूले मर्मत तथा सर्भिसको पहुँच झनै सजिलो रूपमा पाउन थालेका छन्। सेरेस गाडीहरू अहिले देशभर फैलिएको १२२ वटा चार्जिङ स्टेसनको सञ्जालबाट सशक्त रूपमा समर्थित भइरहेको र यसले ईभी गाडीधनीहरूलाई सहज र सजिलो पावर एक्सेस प्रदान गरिरहेको कम्पनीको भनाइ छ।

सेरेसले आगामी दिनमा समेत ग्राहकसँगको आफ्नो साथ केवल खरिदको समयसम्म सीमित नरहने वाचा गरेको छ । नयाँ अफरहरू, सजिलो सर्भिसिङ, निरन्तर सहयोग र अन्य धेरै सुविधा र यी सबैका बीचमा सेरेस एक्सपिरियन्स सधैंभरि ग्राहकको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने र नेपाललाई दिगो यातायाततर्फ डोर्याउने यात्रामा महत्वपूर्ण भूमिका खेलिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

सम्बन्धित समाचारहरू

के नाडा अटो शोको विकल्प वन्न सक्छ ईभी शो ?

के नाडा अटो शोको विकल्प वन्न सक्छ ईभी शो ?

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आइरहेको अटो शो...

बैशाख जेठमा उच्च संख्यामा ईभी आयात हुने पुरानै ट्रेन्ड, तर सधै जस्तो यो वर्ष पनि राजनीतिकरण

बैशाख जेठमा उच्च संख्यामा ईभी आयात हुने पुरानै ट्रेन्ड, तर सधै जस्तो यो वर्ष पनि राजनीतिकरण

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण...

नयाँ वर्षसँगै नेपाली बजारमा पहिलो इलेक्ट्रिक क्रुजर बाइक भित्रिदै : खुल्यो प्रि–बुकिङ

नयाँ वर्षसँगै नेपाली बजारमा पहिलो इलेक्ट्रिक क्रुजर बाइक भित्रिदै : खुल्यो प्रि–बुकिङ

काठमाडौं – भारतीय बजारमा केही समय अघि मात्र लन्च भएको इलेक्ट्रिक बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...