यात्रा रमाइलो र सुरक्षित बनाउन गर्मी आउनु अघि नै यी कुरामा ध्यान दिनुहोस्
गर्मीको मौसम सुरु भइसकेको छ । गर्मी मौसम कारको लागि चुनौतीपूर्ण हुन सक्छ।...
अटोमेटिक गाडीको लोकप्रियता तीव्र गतिमा बढ्दै गए पनि म्यानुअल गियरबक्स भएका गाडीको प्रयोग अझै पनि व्यापक छ। यस्ता कार चलाउँदा धेरैजसो चालकले केही सामान्य तर गम्भीर गल्तीहरू गर्ने गर्छन्, जसले कारको मर्मत खर्च बढाउनुका साथै दुर्घटनाको जोखिम पनि बढाउँछ।
म्यानुअल गियरबक्स भएका गाडी चलाउँदा चालकले कहिल्यै पनि यी ५ गल्तीहरू गर्नु हुँदैन:
गियर लिभरलाई ‘आर्मरेस्ट’ जस्तो प्रयोग नगर्नुहोस् : धेरै चालकले एक हात स्टेयरिङमा र अर्को हात गियर लिभरमा राख्ने गर्छन्। यस्तो बानीले गियर प्रणालीमा अनावश्यक दबाब पर्न सक्छ। गियर लिभर सधैं चलाउने बेला मात्र प्रयोग गर्नु उचित हुन्छ। लगातार हात राख्नाले गियर चयन गर्ने प्रणालीमा क्षति पुग्न सक्छ, जसले दीर्घकालीन असर पार्न सक्छ।
क्लच प्याडलमा खुट्टा राखिरहनु हुँदैन : क्लच प्याडलमा लगातार खुट्टा राख्नाले इन्धन खपत बढी हुन्छ र ट्रान्समिसन प्रणालीमा दवाब पर्न सक्छ। साथै, आपतकालीन अवस्थाहरूमा ब्रेकको सट्टा क्लच थिच्ने सम्भावना बढ्छ, जसले दुर्घटना निम्त्याउन सक्छ। क्लच प्रयोग नगर्दा, खुट्टा ‘डेड प्याडल’ मा राख्नु राम्रो हुन्छ।
स्टप सिग्नलमा गियरमा राखेर कार रोक्नु खतरनाक : ट्राफिक सिग्नलमा रोकिएको बेला गाडी न्यूट्रलमा राख्नु उपयुक्त हुन्छ। यदि गियरमा नै राखिएको छ भने, अनायासै क्लचबाट खुट्टा चिप्लिन सक्छ र गाडी अगाडि बढ्न सक्छ, जसले दुर्घटनाको सम्भावना बढाउँछ।
गतिको अनुपातमा गियर प्रयोग नगर्नु : उचित गियर प्रयोग नगरी उच्च वा न्यून गति चलाउँदा इन्जिनमा अनावश्यक दवाब पर्छ। तल्लो गियरमा उच्च गतिको प्रयोगले इन्धन खपत बढाउनुका साथै इन्जिनको आयु घटाउँछ। गियर सधैं इन्जिनको आरपीएम अनुसार परिवर्तन गर्नु उचित हुन्छ।
पहाड चढ्दा लगातार क्लच थिच्नु : धेरै चालकहरू चढाइको क्रममा क्लच थिचेर गाडी नियन्त्रण गर्न खोज्छन्, जुन अत्यन्त गलत अभ्यास हो। यसो गर्दा गाडी ‘गियर फ्री’ अवस्थामा जान्छ र ढलान आएमा पछाडि सर्न सक्छ। गाडीलाई पहाडमा चढाउँदा उपयुक्त गियरमा राख्नुपर्छ र गियर परिवर्तन गर्नुपर्ने बेला मात्र क्लच थिच्नुपर्छ।
गर्मीको मौसम सुरु भइसकेको छ । गर्मी मौसम कारको लागि चुनौतीपूर्ण हुन सक्छ।...
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का...
भारतको बहुराष्ट्रिय कम्पनी बक्सी ब्रान्डको तिनपाङ्ग्रे अटोको नेपालका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...