नेपाली बजारमा उपलब्ध ग्रेटवाल र ह्यावलका सवारी साधन (मूल्य सहित)
नेपाली बजारमा ग्रेटवाल र ह्यावल ब्रान्डका सवारी साधन गत साउन महिनामा...
फक्सवागनले चाँडै नै भारतीय बजारमा नयाँ एसयूभी लन्च गर्ने योजना बनाइरहेको छ। फक्सवागनको नयाँ एसयूभी भारतमा परीक्षणको क्रममा देखिएको छ।
रिपोर्टका अनुसार फक्सवागनको सो नयाँ एसयूभी टायरोन नामक मोडल हुन सक्ने अनुमान गरिएको छ, जुन डी सेगमेन्ट अन्तर्गत आउनेछ । यसमा कम्पनीले उत्कृष्ट प्रविधिहरू समेट्ने योजना बनाएको छ। नयाँ फक्सवागनको पछाडि भाग टिगुआन आर लाइन जस्तै हुने अपेक्षा गरिएको छ।
यसमा एलईडी हेडलाइट र टेललाइट हुनेछ । पछाडिको लोगोमुनि टायरोन लेखिएको ब्याजिङ देखिएको छ। यसको इन्टेरियरमा प्रिमियम फिचर हुनेछ र तीन पङ्क्तिमा सिट हुनेछ, जसले गर्दा यो ७ सिट क्षमताको एसयूभी हुनेछ।
नयाँ एसयूभीलाई फक्सवागन टिगुआन आर लाइनसँगै कम्पनीको पोर्टफोलियोमा राखिनेछ। टिगुआन आर लाइनमा ५ सिटको व्यवस्था छ भने टायरोनमा ७ सिटको विकल्प दिइनेछ।
सो एसयूभी हाल परीक्षणमा छ तर आगामी केही महिनामा यसलाई लन्च गर्ने सम्भावना छ । यद्यपि, यसबारेमा कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन ।
फक्सवागनको टायरोनले टोयोटा फर्च्युनर, एमजी ग्लोस्टर जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली बजारमा ग्रेटवाल र ह्यावल ब्रान्डका सवारी साधन गत साउन महिनामा...
भारतीय बजारमा २०२१ फक्सवागन टाइगुन लन्च गर्ने तयारी अवस्थामा रहेको छ ।...
काठमाडौं – नयाँ वर्ष २०७८ को अवसरमा ह्याप्पी न्यु वागन २०७८, हर्ष नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...