बजाज ग्रान्ड एक्सचेन्ज मेला : नागरिकता मात्रै भए नयाँ बाइक र थप १० हजार भ्यालुएसन

विराटनगर – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एन्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ। कम्पनीले आज वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म विराटनगरको महाबिर चोक (धरान रोड) मा आयोजना गरेको सो मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक किन्न सक्नेछन् ।

शून्य प्रतिशत सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाँ सम्मको अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र ‘खुशीको मिटर’ योजनाअन्तर्गत नगद र उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

यस पटकको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्च मूल्यांकन गर्न काठमाडौंबाट विशेष भ्यालुएटरहरू आएका छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी थप १० हजार रुपैयाँ सम्मको बोनस भ्यालुएसन दिनेछन्।

यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर सरल फाइनान्समार्फत यो सुविधा पाउनेछन्।

विराटनगरको महाबिर चोकमा आयोजना हुने ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ नेपालको बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो। यस योजना अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना बाइकहरूको उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडेलहरू सजिलै किन्न पाउनेछन्।

यसका साथै, ‘खुशीको मिटर’ अन्तर्गत उत्सुक ग्राहकहरूले नगद र उपहार जित्ने मौका पाउनेछन्।

सम्बन्धित समाचारहरू

नयाँ इन्जिन र ग्राफिक्सका साथ बजाजको नयाँ बाइक नेपालमा, ‘पेट्रोल सुँघाए पुग्छ’

नयाँ इन्जिन र ग्राफिक्सका साथ बजाजको नयाँ बाइक नेपालमा, ‘पेट्रोल सुँघाए पुग्छ’

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

भारतमा बजाज डोमिनार २५० को मूल्यमा भारी गिरावट, नेपालमा पनि घट्ने अपेक्षा

भारतमा बजाज डोमिनार २५० को मूल्यमा भारी गिरावट, नेपालमा पनि घट्ने अपेक्षा

भारतीय बजारमा बजाज डोमिनार २५० को मूल्य एकै पटक १६ हजार ८ सय भारुले घटेको छ ।...

१ लाख ४२ हजार डाउनपमेन्टमा बजाज डोमिनार २५० विएस६, यस्तो छ मासिक किस्ता

१ लाख ४२ हजार डाउनपमेन्टमा बजाज डोमिनार २५० विएस६, यस्तो छ मासिक किस्ता

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्च एण्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...