हिरोको ‘एक्सप्लोर विथ एक्सपल्स’ राइड शुरु, ३० भन्दा धेरै एक्सपल्स राइडर लोमान्थाङ प्रस्थान
हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ...
हिरो एक्सपल्स नेपाली युवा राइडरमाझ निकै चर्चा कमाएको मोटरसाइकल हो । २०० सिसी इन्जिनमा उपलब्ध यस मोटरसाइलको मुल्य नेपाली बजारमा ४ लाख ७५ हजार रुपैयाँ कायम गरिएको छ । एक्सपल्सलाई कच्चि र पक्कि दुबै सडकमा सहजताका साथ चलाउन सकिन्छ ।
हिरो मोटोकर्पले हालै भारतमा एक्सपल्स २१० लन्च गरेको छ । नयाँ मोडल लन्च भएपछि यसअघि एक्सपल्स २०० प्रयोग गर्दै आएका राइडरले समेत नयाँ मोडलमा अत्याधिक रुची राखेका छन् । नेपाली बजारमा समेत प्रतिक्षा गरिएको एक्सपल्स २१० संभवत आगामी नाडा अटो शोमा लन्च हुनेछ । यस्तो अवस्थामा, चाँडै बिक्री सुरु हुन लागेको एक्सपल्स २१० कुर्ने कि, हाल उपलब्ध एक्सपल्स नै २०० खरिद गर्ने भन्ने विषयले राइडरमा अन्योलता थपेको छ ।
हालको एक्सपल्स २०० भन्दा बढि एड्भेन्चर फिल हुनेगरी यसको डिजाइन गरिएको छ । साथै, ईन्जिन समेत केही ठूलो भएका कारण यसले दिने पावर र पर्फमेन्स समेत उच्च रहेको छ । एक्सपल्स २१० को सिट हाइट समेत केही अग्लो छ भने तौल १० केजी बढि छ । इन्जिन ठूलो भएका कारण यसले दिने माइलेजमा भने केही कमी हुनेछ ।
एक्सपल्स २०० फोरभी
एक्सपल्स २०० फोरभीमा १९९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, बीएस ६ इन्जिन जडान गरिएको छ । यस इन्जिनले अधिकतम १९.१ बिएचपी पावर तथा १७.३५ एनएमको टर्क जेनेरेट गर्छ । ईन्जिनलाई ५ स्पिड गियरवक्ससंग जोडिएको छ ।
मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा एडजस्टेवल मोनोसक सस्पेन्सन छ । बाइकको दुबै चक्कामा ट्युवलेस टायर र डवल डिस्क ब्रेक छ । हिरो एक्सपल्स २०० मा सिंगल च्यानल एबीएस मात्रै छ ।
सम्पूर्ण लाईट एलइडी राखिएको यस मोटरसाइकलमा प्रोजेक्टर हेडल्याम्प र टेलल्याम्प पाउन सकिन्छ । डिजिटल इन्ट्रुमेन्ट कन्सोल, कनेक्टिभिटी सिस्टम, टर्न वाइ टर्न नेभिगेसन सिस्टम, गियर रेसियो, यूएसबी पोर्ट, आल्मुनियम ब्लस प्लेट, तीन फरक एबीएस मोड र स्पोक ह्वील दिइएको छ ।
एक्सपल्स २१०
एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २४.६ बीएचपी पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ । एक्सपल्स २१० मा नयाँ डिजाइनको फ्युल ट्यांकि दिइएको छ भने मोटरसाइकलको फ्रन्टमा फुल्ली एड्जस्टेबल यूएसडी फर्क तथा रियरमा ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।
यस मोटरसाइकलमा स्वीचएबल डुअल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्ड स्क्रीन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू छन् ।
हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ...
हिरो मोटोकर्पले चौथो जेनेरेशन नयाँ हिरो एक्सपल्स २०० भारतीय बजारमा लन्च...
हिरो एक्सपल्स २०० टी अब केही कस्मेटिक तथा मेकानिकल परिवर्तनका साथ आउने छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...