६ एयरब्याग, ६६ कनेक्टेड फिचर र ८ स्पिकर साउन्ड सिस्टम सहित यस्तो हुनेछ किया क्यारेन्स फिचर
किया क्यारेन्स भारतमा लन्चिङ भन्दा पहिला नै यसको ट्रिम विवरण र टेक्निकल...
भारतको लोकप्रिय कार निर्माता कम्पनी कियाले अप्रिल २०२५ मा पनि आफ्नो कार बिक्रीको वृद्धि कायमै राखेको छ । कम्पनीले घरेलु बजारमा २३,६२३ युनिट बिक्री गर्यो, जुन अघिल्लाे वर्षकाे तुलनामा १८.३ प्रतिशतले बढी हाे ।
यसअघि अप्रिल २०२४ मा १९,९६८ युनिट बिक्री भएको थियाे ।
कियाको बिक्रीमा सोनेट ८,०६८ युनिटसहित पहिलो स्थानमा रह्यो, त्यसपछि सेल्टोस ६,१३५ युनिटसहित दोस्रो स्थानमा छ । क्यारेन्सले ५,२५९ युनिटसहित आफ्नो बलियो माग कायम राख्यो भने नयाँ लन्च गरिएको सिरोसले कुल बिक्रीमा ४,००० युनिटको आशाजनक योगदान दिएकाे कम्पनीकाे भनाइ छ । प्रिमियम एमपीवी कार्निभल लिमोसिनले मासिक तथ्याङ्कमा १६१ युनिट थपेकाे छ ।
चालू वर्ष २०२५ मा, सिरोसको सफल सुरुवातपछि किया इन्डियाले ग्राहकहरूबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ, जसले गत वर्षको सोही अवधिको तुलनामा १६.२ प्रतिशत वार्षिक वृद्धि दर्ता गरेको छ।
वरिष्ठ उपाध्यक्ष तथा बिक्री तथा मार्केटिङ प्रमुख हरदीप सिंह ब्रारले भने, “सोनेटको निरन्तर सफलता र नयाँ सिरोसको सकारात्मक बजार प्रतिक्रियाले चालू वर्ष २०२५ को बलियो सुरुवात भएकोमा हामी खुसी छौं। यो प्रदर्शनले कियाको उत्पादन उत्कृष्टता र ब्रान्ड वाचामा हाम्रा ग्राहकहरूले गरेको बढ्दो विश्वासलाई पुनः पुष्टि गर्दछ। हामी अगाडि बढ्दै गर्दा, हाम्रा ग्राहकहरूको विकसित आकांक्षासँग मेल खाने प्रगतिशील, ग्राहक-केन्द्रित मोबिलिटी समाधानहरू प्रदान गर्नमा हाम्रो अटुट ध्यान रहनेछ।”
किया इन्डियाले मे ८ तारिखमा आफ्नो नयाँ उत्पादन ‘क्लाभिस’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
किया क्यारेन्स भारतमा लन्चिङ भन्दा पहिला नै यसको ट्रिम विवरण र टेक्निकल...
कियाले टोयोटा, इसुजु र फोर्डसँग प्रतिस्पर्धा गर्न पिकअप ट्रक ल्याउने...
कोरियन अटो निर्माता कियाले भारतमा कार उत्पादन थालेको ५ वर्ष पुरा हुँदै छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...