ट्रयाक्सन कन्ट्रोल र एबीएस मोडसहित लन्च हुँदै बजाज डोमिनार २५०

बजाजले आफ्नो लोकप्रिय मोटरसाइकल डोमिनार २५० को २०२५ संस्करण चाँडै लन्च गर्ने तयारी गरिरहेको छ। डिलरशिपमा सो बाइक पुग्न थालेको संकेतले यसको लन्च मिति नजिकिएको स्पष्ट हुन्छ। सो बाइक मे २०२५ को पहिलो वा दोस्रो हप्तामा लन्च हुनेछ।

नयाँ डोमिनार २५० मा सबैभन्दा महत्वपूर्ण परिवर्तन यसको इन्स्ट्रयुमेन्ट कन्सोलमा देखिन्छ। यसमा अब बजाज पल्सर एनएस२०० मा प्रयोग गरिएको कन्सोल जस्तै देख्न सकिनेछ। यस कन्सोलमार्फत प्रयोगकर्ताले टर्न-बाई-टर्न नेभिगेसन, कल तथा एसएमएस अलर्ट र स्मार्टफोन कनेक्टिभिटी जस्ता स्मार्ट सुविधा पाउनेछन्।

नयाँ मोडलमा नयाँ ट्र्याक्सन कन्ट्रोल सिस्टम र एबीएस मोड पनि समावेश गरिने सम्भावना छ। ट्र्याक्सन कन्ट्रोलले विशेषगरी नयाँ राइडरलाई चिप्लो सतहमा बाइक नियन्त्रणमा राख्न सहयोग पुर्‍याउछ। बाइकमा रोड, रेन र अफरोड गरी ३ वटा एबीएस मोड उपलब्ध हुने अनुमान गरिएको छ।

बाइकमा २४८.७७ सीसी क्षमताको लिक्विड-कुल्ड, सिंगल-सिलिन्डर इन्जिन प्रयोग हुनेछ, जसले २७ पीएस पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ। बाइक इन्भर्टेड फोर्क र मोनोशक सस्पेन्सनसहित प्रस्तुत गरिनेछ। १७ इन्चको अलोय ह्विल र ट्युबलेस टायर सहितको सो बाइकमा, अगाडि ३०० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक दिइनेछ, जुन ड्युअल च्यानल एबीएस सिस्टमले सुसज्जित हुनेछ।

सम्बन्धित समाचारहरू

अपग्रेड भएर अयो पल्सर एनएस १६० र एनएस २००

अपग्रेड भएर अयो पल्सर एनएस १६० र एनएस २००

बजाज अटोले पल्सर एनएस १६० र एनएस २०० को २०२४ संस्करण ल्याएको छ । ई–२०...

यस्ता छन् पेट्रोल नभए पनि चल्ने बजाज फ्रिडम १२५ का ५ विशेषता

यस्ता छन् पेट्रोल नभए पनि चल्ने बजाज फ्रिडम १२५ का ५ विशेषता

बजाजले भारतीय बजारमा आधिकारिक रूपमा फ्रिडम १२५ सीएनजी बाइक लन्च गरेको छ।...

बजाज र ट्रायम्फ साझेदारीले भारतलाई बनायो विश्व निर्यात केन्द्र

बजाज र ट्रायम्फ साझेदारीले भारतलाई बनायो विश्व निर्यात केन्द्र

भारतीय अटो उद्योगमा बजाज अटो र ट्रायम्फबीचको साझेदारी दिनप्रतिदिन मजबुत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...