साझा यातायातलाई थप १०० वटा बिद्युतिय वस दिइने
सरकारले साझा यातायातलाई १०० वटा बिद्युतिय वस प्रदान गर्ने भएको छ ।...
हालै लन्च भएका अधिकांश कारहरूमा विभिन्न प्रिमियम सुविधा प्रदान गरिएको छ, जसमा पहाडी सडकका लागि अत्यन्त उपयोगी हिल होल्ड कन्ट्रोल सुविधा पनि पर्छ । यो सुविधा विशेष गरी उकालो र ओरालो सडकमा गाडी चलाउँदा निकै सहयोगी हुन्छ।
हिल होल्ड कन्ट्रोललाई हिल असिस्ट कन्ट्रोल पनि भनिन्छ । यो एक चालक सहायता सिस्टम हो, जसले भिरालो सडकमा गाडी चलाउँदा सहजता र सुरक्षा प्रदान गर्छ । जब गाडी उकालोमा रोकिएको हुन्छ र चालकले ब्रेकबाट खुट्टा हटाउँछन्, त्यो बेला कार पछाडि फर्किने जोखिम रहन्छ। हिल होल्ड कन्ट्रोलले ब्रेक छोडेपछि पनि केही समयसम्म गाडीलाई स्थिर राखेर पछाडि गुड्नबाट जोगाउँछ।
उदाहरणका लागि, यदि उकालोमा गाडी रोकेर ब्रेक छोड्नुभयो भने र तुरुन्त एक्सेलरेटर नथिच्नुभयो भने कार उल्टिन सक्छ। तर, हिल होल्ड कन्ट्रोल भएका कारमा ब्रेकबाट खुट्टा हटाउँदा पनि सिस्टमले आफैं केही सेकेन्डसम्म ब्रेक दबाब कायम राख्छ। यसले चालकलाई एक्सेलरेटर थिचेर गाडी अगाडि बढाउन पर्याप्त समय दिन्छ।
सो सुविधाले न केवल उकालोमा, तर ओरालोमा पनि सन्तुलन कायम राख्न सहयोग गर्छ। शहरी क्षेत्रमा फ्लाईओभर चढ्दा वा व्यस्त ट्राफिकमा अचानक गाडी रोकिनु परे पनि हिल होल्ड कन्ट्रोल निकै उपयोगी हुन्छ। यो सुविधाले गाडी पछाडि नफर्किन मद्दत गर्छ, जसले गर्दा पछाडिबाट आउँदै गरेको गाडीमा ठोक्किन सक्ने जोखिम कम हुन्छ।
सो सुविधाले न केवल उकालोमा, तर ओरालोमा पनि सन्तुलन कायम राख्न सहयोग गर्छ। शहरी क्षेत्रमा फ्लाईओभर चढ्दा वा व्यस्त ट्राफिकमा अचानक गाडी रोकिनु परे पनि हिल होल्ड कन्ट्रोल निकै उपयोगी हुन्छ। यो सुविधाले गाडी पछाडि नफर्किन मद्दत गर्छ, जसले गर्दा पछाडिबाट आउँदै गरेको गाडीमा ठोक्किन सक्ने जोखिम कम हुन्छ।
सरकारले साझा यातायातलाई १०० वटा बिद्युतिय वस प्रदान गर्ने भएको छ ।...
जापानी कम्पनी इकोमाले एकदमै फरक र चकित पार्ने इलेक्ट्रिक बाइक लन्च गरेको...
कारको हरेक गियरको गति हुन्छ। यसको अर्थ एउटा गियरमा कारलाई निश्चित गतिमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...