कमर्सियल भेइकलको निर्यातमा इसुजुले मा-यो छलाङ, बन्यो भारतको अग्रणी निर्यातकर्ता

जापनिज अटो निर्माता इसुजुले भारतमा निकै राम्रो उपलब्धि हासिल गरेको छ । आर्थिक वर्ष २०२४–२५ मा इसुजु भारतबाट कमर्सियल भेइकलको शीर्ष निर्यातकर्ताको रूपमा देखा परेको छ ।

आर्थिक वर्ष २०२३–२४ मा १६ हजार ३२९ युनिट कमर्सियल भेइकल निर्यात गरेको इसुजुले गत आर्थिक वर्षमा २४ प्रतिशतले बढाएर २० हजार ३१२ युनिट पुर्याएको हो । इसुजुले भारतमा पिकअप ट्रक उत्पादन गरी बिक्री तथा निर्यात गर्दै आएको छ ।

आन्ध्र प्रदेशको श्री सिटीमा रहेको इसुजु प्लान्टले लेफ्ट र राइट दुबै ह्यान्ड ड्राइभका सवारी साधन उत्पादन गर्छ । यस प्लान्टले हालै १ लाख युनिट उत्पादनको माइलस्टोन हासिल गरेको थियो ।

इसुजुले नेपाल, भुटान, बंगलादेश, साउदी अरेबिया, बहराइन, कतार, कुवेत, ओमान र जोर्डन लगायत एशिया र मध्य पूर्वका बजारहरूमा भारतमा निर्मित कमर्सियल भेइकल निर्यात गर्दै आएको छ । नेपाली बजारमा यसको हाइल्यान्डर र डी म्याक्स मोडलका पिकअप ट्रक निकै लोकप्रिय मानिन्छन्।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...