बजाजले यही महिना नेपालमा लन्च गर्दै पल्सर एन १२५, कति पर्ला मूल्य ?

काठमाडौं – भारतमा केही समय पहिले लन्च भएको बजाजको कम्युटर सेगमेन्टको मोटरसाइकल पल्सर एन १२५ नेपालमा औपचारिक रुपमा लन्च हुने तयारीमा छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यही बैशाख महिनामै सो मोटरसाइकल लन्च गर्ने तयारी भइरहेको बताएको छ ।

बजाज पल्सर एन १२५ नयाँ बाइक हो र यसलाई एन सिरिजका अन्य बाइकहरु जस्तै डिजाइन गरिएको छैन । यस बाइकको स्टाइल र लुक पल्सर एन सिरिजका अन्य बाइकभन्दा बिल्कुलै फरक र नयाँ छ । बाइकको डिजाइन निकै शार्प र ठुलो बनाइएको छ, जसका कारण सो बाइक निकै आकर्षक देखिन्छ ।

कम्पनीले बाइकमा एलईडी हेडलाइट, एलईडी टेललाइट र फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध गराएको छ । बाइकमा शार्प फ्युल ट्याङ्की कभर र रियर एन्ड पनि छ । बाइकको फ्युल ट्याङ्कीको दुबै छेउमा पल्सर ब्याजिङ र पछाडिको छेउमा १२५ सीसीको लोगो रहेको छ ।

बाइक ३ रङमा उपलब्ध छ ।  बाइकमा १२५ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले करिब १२ बीएचपी पावर र  ११ एनएम टर्क जेनेरेट गर्छ । यस बाइकको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।

बजाज पल्सर एन १२५ मा पूर्ण रूपमा नयाँ डिस्प्ले दिइएको छ । यसको स्क्रिनमा स्पिड र आरपीएमसँगै गियर पोजिसन इन्डिकेटर, फ्युल लेभल, टाइम जस्ता जानकारी उपलब्ध हुनेछ । सो इन्स्ट्रयुमेन्ट क्लस्टर ब्लुटुथ कनेक्टिभिटीसँग सुसज्जित छ।

बाइकको अगाडि कभरसहित टेलिस्कोपिक फोर्क सस्पेन्सन र पछाडि मोनोसक सस्पेन्सन सेटअप छ । बाइकको अगाडि ९० एमएम चौडा र पछाडि ११० एमएम चौडा टायर जडान गरिएको छ । पल्सर एन१२५ को माइलेज लगभग ६० किलोमिटर प्रति लिटर छ।

यो बाइक नेपाल भित्रिए पश्चात टीभीएस रेडर र हिरो एक्सट्रिम १२५आर तथा होन्डा साइन १२५ लगायतका मोटरसाइकल बिच प्रतिस्पर्धा हुने देखिएको छ ।

पल्सर एन १२५ को मूल्य औपचारिक रुपमा कम्पनीले पछि सार्वजनिक गर्ने भए पनि यसको मूल्य ३ लाख रुपैयाँ हाराहारी हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

सफारीमय बन्यो बजाजको अफर : नयाँ मोटरसाइकल किन्दा आकर्षक सफारी अफर पाइने

सफारीमय बन्यो बजाजको अफर : नयाँ मोटरसाइकल किन्दा आकर्षक सफारी अफर पाइने

काठमाडौं – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलास चन्द...

अब पालो बजाज पल्सर एन१५० को, चाँडै बजारमा आउने

अब पालो बजाज पल्सर एन१५० को, चाँडै बजारमा आउने

बजाजले चाँडै नै भारतीय बजारमा एन१५० न्यु जेनेरेसन पल्सर बाइक लन्च गर्ने...

दशैमा कुन बाइक किन्ने ? टीभीएस, यामाहा वा बजाज ? यस्ता छन् अफर

दशैमा कुन बाइक किन्ने ? टीभीएस, यामाहा वा बजाज ? यस्ता छन् अफर

फेस्टिभल सिजनको सुरुवात भएसँगै अहिले विभिन्न कम्पनीहरुले धमाधम स्किम तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...