७१० किलोमिटर रेन्ज दिने चांगनको नयाँ इलेक्ट्रिक कार सार्वजनिक
चिनीयाँ अटो निर्माता चांगनले नयाँ इलेक्ट्रिक सेडान क्यूवान ए–०७...
चाइनिज कार निर्माता कम्पनी बीवाईडीले इन्ट्री लेभल ईभी सेडानको रुपमा बीवाईडी ई७ को अफिसियल इमेज सार्वजनिक गरेको छ । बीवाईडी ब्रान्डमा उपलब्ध हुने अफोर्डेबल ई–सिरिज मोडल लाइनअपको एक भागको रुपमा चीनमा यसलाई ट्याक्सी सर्भिसका लागि प्रयोग गरिने छ । यसको अफोर्डेबल मूल्य र स्पेसका कारण धेरैले रुचाउने अनुमान गरिएको छ ।
बीवाईडी ई७ को फ्रन्टमा हेर्दा यो केही मात्रामा हाल उपलब्ध बीवाईडी सिल ईभी सलुन जस्तो लाग्छ । यद्यपि यो फास्टब्याक स्टाइल रुफलाइनका कारण केही अग्लो लाग्छ । बीवाईडीका अन्य नयाँ मोडलमा जस्तै यसमा पनि उही मरिन एस्थेटिक्स डिजाइन ल्यांग्वेज रहेको छ । यसमा एलईडी हेडलाइट, लोअर साइड भेन्ट सहितको ग्रिल–लेस फ्रन्ट बम्पर तथा नोजमा बीवाईडी इम्बलम अप सहितको फ्रन्ट फेस रहेको छ ।
यसमा परम्परागत किसिमको डोर ह्यान्डल रहेको छ भने १६ इन्चको अलोय ह्विल तथा स्प्लिट टेललाइट रहेको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४,७८० एमएम, १,९०० एमएम र १,५१५ एमएम छ भने ह्विलबेस २,८२० एमएम छ । यसबाट बीवाईडी ई७ पनि स्लिक सिल ईभी र टेस्ला मोडल ३ जस्तै साइजमा उपलब्ध छ भन्न सकिन्छ ।
साइज र ह्विलबेसका आधारमा बीवाईडी ई७ को क्याबिन र इन्टेरियर स्पेसियस भएको अनुमान गर्न सकिन्छ भने यसको कार्गो स्पेस पनि ठूलो हुन सक्छ । यद्यपि यसको इन्टेरियरको तस्बिर भने सार्वजनिक भएको छैन ।
त्यसैगरी यसको पावरट्रेनको वारेमा पनि जानकारी सार्वजनिक भएको छैन । तर पनि यसमा १०० किलोवाटको मोटर हुने र एलएफपी ब्लेड ब्याट्री हुने अनुमान गर्न सकिन्छ । त्यसैगरी यसको सीएलटीसी रेन्ज ५२० किलोमिटर हुने अनुमान पनि मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
बीवाईडीले यो भन्दा पहिले पनि ई सिरिजको ई६ मोडल बिक्री गरिसकेको छ । नेपाली बजारमा समेत बीवाईडी ई६ पहिले बिक्रीका लागि उपलब्ध थियो । बीवाईडीले हाल यो भर्सन भने बिक्रीका लागि उपलब्ध गराएको छैन ।
चिनीयाँ अटो निर्माता चांगनले नयाँ इलेक्ट्रिक सेडान क्यूवान ए–०७...
काठमाडौं – नेपाली बजारमा पहिलो पटक सीजी मोटर्सले विद्युतीय कारका साथ...
काठमाडौं – केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...