सीजी मोटर्सले अब इलेक्ट्रिक ट्याक्सी ल्याउने
काठमाडौं – नेपाली बजारमा नेटा भी र अन्य इलेक्ट्रिक सवारी साधन उपलब्ध...
काठमाडाैं - फोटोन मोटरले महोत्तरीको बर्दिबासमा फोटोन माउन्टेन ईभीको आधिकारिक बिक्री सुरु गरेको छ । यो गाडीलाई शक्तिशाली, टिकाउ र दिगोपनको संयोजन प्रदान गरेर नेपालको पिकअप ट्रक बजारमा ठूलो परिवर्तन ल्याउने तयारी गरिएको कम्पनीको दाबी छ ।
यो गाडी व्यवसाय, फ्लिट अपरेटर र भविष्यमुखि मोबिलिटी सोलुसन्स खोज्ने प्रयोगकर्ताहरूका लागि भरपर्दो र किफायती विकल्प बन्ने अपेक्षा कम्पनीले गरेको छ ।
नेपालले विद्युतीय सवारीसाधनहरू अपनाउन विशेष प्राथमिकता दिइरहेको बेला फोटोन माउन्टेन ईभीको सुरुवात हुनु कार्बन उत्सर्जन र इन्धन निर्भरता घटाउने दिशामा एक महत्त्वपूर्ण कदम भएको कम्पनीको भनाइ छ । सुरक्षा, दक्षता र कार्यसम्पादनको उच्चतम विश्वव्यापी मापदण्डहरू पालना गर्ने अत्याधुनिक ईभीहरू लन्च गरेर स्वच्छ ऊर्जा समाधानहरूको प्रयोगमा नेपाललाई सघाउन फोटोन प्रतिबद्ध रहेको बताइएको छ ।
लन्च कार्यक्रममा फोटोन मोटरका सीईओ तुषार गुप्ताले भने, ‘नेपालको भौगोलिक चुनौतीहरूको सामना गर्न विशेष रूपमा डिजाइन गरिएको यो मोडलले कुशल, टिकाउ र पर्यावरणमैत्री यातायात समाधान प्रदान गरेर पिकअप सेगमेन्टमा नयाँ रिभोलुसन स्थापित गर्नेमा हामी विश्वस्त छौँ ।’
नेपालका लागि फोटोन ब्रान्डका गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धि प्रालि हो ।
काठमाडौं – नेपाली बजारमा नेटा भी र अन्य इलेक्ट्रिक सवारी साधन उपलब्ध...
भारतमा कोमाकी रेन्जर मोटरसाइकलका साथै भेनिस इलेक्ट्रिक स्कुटर समेत केही...
चीनका वैज्ञानिकहरूले ३ मिनेटमै फुल चार्ज हुने सोलिड स्टेट ब्यार्टी लिथियम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...