शाओमीले ल्याउँदै ७७० किमी रेन्ज भएको एसयूभी, टेस्लासँग प्रतिस्पर्धा गर्ने
शाओमीले इलेक्ट्रिक एसयूभी ‘वाईयू ७’ लन्च गर्ने तयारी गरिरहेको छ, जसले...
शाओमीले आफ्नो दोस्रो इलेक्ट्रिक एसयूभी शाओमी वाईयू७ को टिजर जारी गरेको छ। कम्पनीले यसलाई आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ भन्दा धेरै राम्रो डिजाइन र उन्नत सुविधासहित ल्याएको छ ।
शाओमी वाईयू७ को लम्बाइ ४,९९९ एमएम, चौडाइ १,९९६ एमएम, उचाइ १,६०८ एमएम र ह्विलबेस ३,००० एमएम छ । यसको डिजाइन धेरै हदसम्म पहिलो एसयूभीसँग मिल्दोजुल्दो देखिए तापनि यसमा केही नयाँ र आकर्षक स्पेसिफिकेशन थपिएको छ । यसलाई स्लिक बडी डिजाइन दिइएको छ । कम्पनीले यसमा २६ वटा ह्विल डिजाइन विकल्प प्रदान गर्ने भएको छ ।
शाओमी वाईयू७ मा धेरै पावरट्रेन विकल्प पनि उपलब्ध हुनेछ । अहिलेसम्म कम्पनीले यसको ब्याट्री साइजको बारेमा कुनै जानकारी दिएको छैन । रिपोर्टका अनुसार यसको बेस भेरिएन्टमा सिंगल इलेक्ट्रिक मोटर हुनेछ, जसले ३१५ बीएचपी पावर जेनेरेट गर्नेछ । यो रियर एक्सलमा अवस्थित हुनेछ । साथै यसको टप भेरिएन्टमा दुई इलेक्ट्रिक मोटर हुनेछ, जसले ६८१ बीएचपीको पावर जेनेरेट गर्नेछ ।
सो एसयूभीमा रुफ माउन्ट बल्ब देख्न सकिनेछ, जुन लिडार र अन्य सेन्सरले सुसज्जित हुने अपेक्षा गरिएको छ । यसको प्रोफाइल बलियो र आकर्षक देखिन्छ र यसको डिजाइनले यसलाई प्रिमियम र स्टाइलिश कार बनाउनेछ ।
यसको लन्च जुन वा जुलाई २०२५ मा हुने अपेक्षा गरिएको छ।
शाओमीले इलेक्ट्रिक एसयूभी ‘वाईयू ७’ लन्च गर्ने तयारी गरिरहेको छ, जसले...
शाओमीले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक कार शाओमी एसयू७ को नयाँ अपडेट...
स्मार्टफोन बजारमा आफ्नो प्रभाव जमाइसकेको शाओमीले विश्वव्यापी स्तरमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...