सनलङको इलेक्ट्रिक कार्गो पिकअप अब नेपालमा

काठमाडौं – सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्रिएको छ । ब्लु कर्पोरेसन प्रालिले सनलङको कार्गो भ्यान नेपाल ल्याएको छ । कम्पनीले ललितपुरको बालकुमारीमा शोरुम स्थापन गरेर सनलङ ईभीयू३ कार्गो भ्यान सार्वजनिक गरेको हो ।

सनलङ ईभीयू३ मा ७० किलोवाट क्षमाताको मोटर उपलब्ध छ । यसमा कम्पनीले ४२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री दिएको छ । यसले एक पटकको फुलचार्जमा २८६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।

सनलङ ईभीयू३ को लम्वाई ४९९५ एमएम, चौडाइ १६६५ एमएम, उचाइ १८२० एमएम र ह्विलबेस ३०५० एमएम रहेको छ । यसको कार्गोको स्पेसको लम्वाई ३१५५ एमएम, चौडाइ १५४० एमएम र उचाई ३३० एमएम छ । यसको १.४ टन लोडिङ क्षमता रहेको छ ।

यसको टप स्पिड ९० किलोमिटर प्रतिघन्टासम्म छ । यसमा १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले यसमा भएको ब्याट्री र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिने बताएको छ ।

ब्लु कर्पोरेसनले ३१ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । कम्पनीले निकट भविष्यमै कमर्सियल भ्यानसमेत ल्याउने तयारी थालेको छ । कम्पनीसँग १२ सिटे, १४ सिटे र १९ सिटे भ्यान उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

ईभी पिकअप रिडारामा ८० प्रतिशत सम्म फाइनान्स, एक्सचेन्जमा ३ लाखसम्मकाे टप-अप लाभ

ईभी पिकअप रिडारामा ८० प्रतिशत सम्म फाइनान्स, एक्सचेन्जमा ३ लाखसम्मकाे टप-अप लाभ

काठमाडौं – नेपालकै नम्बर १ ईभी पिकअप ब्रान्ड दाबी गरिएको रिडाराले...

विद्युत प्राधिकरणले बनायो ३० चार्जिङ स्टेसन, १२ बन्दै, बर्दिबासमा परीक्षण चल्दै

विद्युत प्राधिकरणले बनायो ३० चार्जिङ स्टेसन, १२ बन्दै, बर्दिबासमा परीक्षण चल्दै

महोत्तरी – बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित...

यस्तो छ नेपाली बजारमा बिक्री शुरु हुन लागेको ह्वाजीको मिनी इलेक्ट्रिक कार

यस्तो छ नेपाली बजारमा बिक्री शुरु हुन लागेको ह्वाजीको मिनी इलेक्ट्रिक कार

नेपाली इभी बजारमा अर्को नयाँ व्राण्डको मिनी कार भित्रिएको छ । चीनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...