सीएफमोटो २५० एनके किन्दा अब ५ प्रतिशत ब्याजदर तथा ५ वर्ष वारेन्टी

काठमाडौं – सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८२ लाई लक्ष्यित गर्दै ब्रान्ड अन्तर्गतको २५० एनके मोडलमा ‘नयाँ वर्ष २०८२, कम ब्याजमा ढुक्कको सवारी’ अफर सार्वजनिक गरेको छ ।

वैशाख महिनाभरी सञ्चालन हुने यस अफर अन्तर्गत ग्राहकले अब एनके २५० को खरिदमा ५ वर्ष सम्मको वारेन्टी पाउनुका साथै ५ प्रतिशत ब्याजदरमै २४ महिनाको सरल फाइनान्सको सुविधा पाउने छन् । त्यसैगरी नगद तथा एक्सचेन्जमा १५ हजार छुट पाउन सक्नेछन् । उक्त अफर अन्तर्गत २५० एनके खरिद गर्ने ग्राहकले निशुल्क आफ्नो बाइकको फ्रि–सेरामिक कोटिङ गरी बाइकलाई सुरक्षित राख्न सक्ने छन् ।

रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले नेपाली बजारमा यो ब्रान्ड बिक्री–वितरण थाले पश्चात बाइक आपूर्ति मात्र नगरी आवश्यक पार्ट्स र बिक्री पछिको सेवा समेत गुणस्तरीय बनाएको पाइन्छ ।

नेपालमा बाइक भित्र्याएसँगै कम्पनीले सर्भिस क्याम्पका साथ व्यावसायिक विस्तार समेत गरिरहेको छ । हालै कम्पनीले उपत्यका भित्र तथा बाहिर गरी लगभग ४० जना ग्यारेजका प्रतिनिधिहरुलाई कम्पनीका सीएफमोटो सर्भिस र ट्रेनिङ टिममार्फत तालिम समेत प्रदान गरेको छ ।

केही दिन पहिले सम्पन्न रेस वार्स प्रतियोगितामा समेत सीएफमोटो २५० एनके बाइकले पहिलो स्थान हासिल गरेको थियो । हाल यसको मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

नयाँ ब्रान्ड मोर्बिडेलीका २ मोटरसाइकल नेपालमा, नाइमामा बुक गर्दा भारी छुट

नयाँ ब्रान्ड मोर्बिडेलीका २ मोटरसाइकल नेपालमा, नाइमामा बुक गर्दा भारी छुट

काठमाडौं – मोर्बिडेली नेपालले हाल राजधानीको भृकुटीमण्डपमा चलिरहेको...

सीएनजीपछि अब हाइड्रोजनबाट चल्ने मोटरसाइकलमा फोकस बढ्ने

सीएनजीपछि अब हाइड्रोजनबाट चल्ने मोटरसाइकलमा फोकस बढ्ने

विश्वको पहिलो सीएनजी मोटरसाइकल बजाज फ्रिडम १२५ भारतमा लन्च भइसकेको छ ।...

फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न विभागको आग्रह

फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न विभागको आग्रह

काठमाडौँ – राजस्व अनुसन्धान विभागले शङ्कास्पद रूपमा चलिरहेको भन्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...