मोटर स्पोर्ट्स प्रेमीका लागि हुन्डाईको पहिलो एन–लाइन कार सेप्टेम्बरमा लन्च हुँदै
हुन्डाईले २०२१ मा एन–लाइनको पहिलो प्रोडक्ट लन्च गर्ने भएको छ । कम्पनीले सो...
काठमाडौं-नेपाली बजारमा केहि समययता प्रतिक्षा गरिँदै आएको हुन्डाई क्रेटा ईभी आज लन्च भएको छ । क्रेटा ईभीको चारवटा भेरियन्ट नेपाल आएको हो । जसअनुसार एक्ज्युकेटिभ भेरियन्टको मूल्य ५१ लाख ९६ हजार, स्मार्टको ५४ लाख ९६ हजार, स्मार्ट(ओ) को ५६ लाख ९६ हजार र प्रिमियम प्लसको ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
मिडसाइज एसयूभी सेग्मेन्टमा सबैभन्दा लोकप्रिय एसयूभी हुन्डाई क्रेटाको दमदार फिचर र एड्भान्स टेक्नोलोजीले इलेक्ट्रिक एसयूभी बजारमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्ने कम्पनीले दावी गरेको छ । नेपाली बजारमा पहिले देखि नै आईसीई संस्करणको हुन्डाई क्रेटा लोकप्रिय रहेको र हुन्डाईका अन्य ईभी समेत चर्चित बनिरहेको समयमा क्रेटा ईभी समेत धेरैले मन पराउने अपेक्षा गरिएको छ ।

हुन्डाई क्रेटा ईभी ४२ किलोवाट ब्याट्री विकल्पमा उपलब्ध रहेको छ । ४२ किलोवाट ब्याट्रीले ३९० किलोमिटर रेन्ज प्रदान गर्न सक्षम हुनेछ । ब्याट्री डीसी फास्ट चार्जिङमार्फत १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन ५८ मिनेट मात्र लाग्ने बताइएको छ । यसलाई ११ किलोवाट एसी चार्जरले १० प्रतिशतदेखि १०० प्रतिशतसम्म चार्ज गर्न ४ घन्टा लाग्छ।
क्रेटा ईभीको डिजाइन धेरै हदसम्म यसको आईसीई मोडेलसँग मिल्दोजुल्दो छ । यसको अगाडि एल–आकारको कनेक्टेड एलईडी डीआरएल र भर्टिकली स्ट्याक्ड ट्विन एलईडी हेडलाइट समावेश गरिएको छ । यसमा कम्पनीको लोगोको पछाडि चार्जिङ पोर्ट राखिएको छ । क्रेटा ईभीका लागि १७ इन्चको एरोडायनामिक अलोय ह्विल विशेष रूपमा डिजाइन गरिएको छ ।
हुन्डाई क्रेटा ईभीको इन्टेरियर डिजाइन यसको आईसीई संस्करण जस्तै देखिए तापनि यसमा केही आधुनिक फिचर थपिएको छ । यसमा १०.२५ इन्चको ड्युअल स्क्रिन र हुन्डाई आयोनिक ५ बाट प्रेरित नयाँ थ्री–स्पोक स्टेयरिङ ह्विल समावेश गरिएको छ । साथै भेइकल टु लोड टेक्नोलोजी, प्यानोरामिक सनरुफ र मल्टिपल ड्राइभिङ मोड जस्ता फिचरले यसलाई अझ विशेष बनाएको छ ।
सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, लेभल–२ एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टम, टायर प्रेशर मनिटरिङ कन्ट्रोल र इलेक्ट्रोनिक स्टेबिलिटि कन्ट्रोल जस्ता फिचरले सुसज्जित गरेको छ
हुन्डाईले २०२१ मा एन–लाइनको पहिलो प्रोडक्ट लन्च गर्ने भएको छ । कम्पनीले सो...
हुन्डाई मोटर इन्डियाले आफ्नो लोकप्रिय माइक्रो एसयूभी एक्स्टरको नयाँ २०२६...
हुन्डाईले गायकिन्डो इन्डोनेसिया इन्टरनेशनल अटो शो २०२१ मा क्रेटा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...