सेप्टेम्बरमा आउने भयो महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक
महिन्द्रा एण्ड महिन्द्राले सेप्टेम्बर २०२२ मा इलेक्ट्रिक एक्सयूभी ४००...
काठमाडौं – रिडाराको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो दावीका साथ शतप्रतिशत प्योर इलेक्ट्रिक पिकअप, रिडारा सार्वजनिक गर्न लागेको घोषणा गरेको छ । सो ईभी पिकअप सवारी क्षेत्रको दिगो भविष्यतर्फको दिशामा ऐतिहासिक कदम भएको कम्पनीको भनाइ छ ।
अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिडाराले ईभी पिकअप सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्ने बताइएको छ । यसमा ४२४ किलोमिटरको उत्कृष्ट रेन्ज र ७३ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ ।
नेपालका विविध भूगोल र सडकलाई मध्यनजर गर्दै रिडारामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट फोर ह्विल ड्राइभ गरी विभिन्न ७ फरक ड्राइभिङ मोड रहेको छ । यसमा उपलब्ध ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणालीका कारण यसले र्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउँछ।
रिडाराले ग्राहकहरूलाई आफ्नै गाडीको मजबुती अनुभव गराउने उद्देश्यले फोर ह्विल ड्राइभ डेलिभरी र एड्भेन्चर ड्राइभ कार्यक्रम समेत आयोजना गर्ने बताएको छ । यस अन्तर्गत प्रयोगकर्ताहरूले विभिन्न कठिन भूगोलमा गाडीको प्रदर्शन प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।
कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि सहजता प्रदान गर्न रिडाराको पानीपोखरी र थापाथली शोरुमबाट हरेक एक घण्टामा निःशुल्क शटल सेवा उपलब्ध हुनेछ। शटल सेवा बिहान ११ बजे शु्रु हुने र मुख्य कार्यक्रम दिउसो १ बजे शुरु हुने बताइएको छ ।
चीनमा नम्बर वान ईभी पिकअपको पहिचान प्राप्त रिडारा ईभी पिकअपका मुल कम्पनी जिली अटो ग्रुप चीनका शीर्ष १० ठूला अटोमोबाइल कम्पनीहरूमध्ये एक हो।
सो सार्वजनिक प्रक्षेपणमार्फत सीजी मोटर्सले ले नवीनतम विद्युतीय प्रविधिको प्रयोग गरी नेपालमा वातावरणमैत्री तथा प्रविधियुक्त सवारी साधनको नयाँ युगको सुरुवात गर्न लागेको बताएको छ ।
महिन्द्रा एण्ड महिन्द्राले सेप्टेम्बर २०२२ मा इलेक्ट्रिक एक्सयूभी ४००...
काठमाडौं–मिसेस नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्तलाई तपाइको बजारको...
काठमाडौं – नेपाली बजारमा इलेक्ट्रिक बाइक समेत भित्रिने क्रम बढिरहेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...