हिरो एक्सिट्रम २५० आर र एक्सपल्स २१० को बुकिङ खुला

हिरो मोटोकर्पले भारतमा एक्ट्रिम २५० आर र एक्सपल्स २१० को लागि बुकिङ खुला गरेको छ । ग्राहकले १० हजार भारु टोकन रकम तिरेर आफ्नो अर्डर गर्न सक्ने जनाइएको छ । यी मोटरसाइकलको मूल्य क्रमशः १ लाख ८० हजार र १ लाख ७६ हजार भारु निर्धारण गरिएको छ ।

हिरो ह्तचझभ २५० आरमा २५० सिसी, सिंगल–सिलिन्डर लिक्विड–कूल्ड इन्जिन जडान गरिएको छ । जसले, २९.५ बिएचपी र २५ एनएम टर्क जेनेरेट गर्दछ । यसले केटिएम २५० ड्यूकसंग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

सो नयाँ बाइकमा गोल्डन रंगमा फिनिश गरिएको ४३ मिमी अपसाइड–डाउन फोर्क र एड्जस्टेवल रियर मोनो–शक राखिएको छ । स्विचेवल डुअल च्यानल एबिएस लगाइएको यस मोटरसाइकलको दुबै चक्कामा सिंगल पेटल–टाइप डिस्क ब्रेक जडान गरिएको छ ।

यसैगरी, एक्सपल्स २१०मा २१० सिसी, ४–भल्भ सिंगल–सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले २४.६ बीएचपी र २०.७ एनएम टर्क जेनेरेट गर्दछ ।

एक्सपल्स २१० मा हिरोले उहि पुरानै टेलिस्कोपिक फोर्क र मोनो–शक रियर सस्पेन्सनमा दिएको छ । यसमा डुअल–च्यानल एबीएस सहित दुबै चक्कामा डिस्क ब्रेक राखिएको छ ।

भारतमा बिक्री शुरु भएपछि यी नयाँ मोटरसाइकल नेपाली बजारमा समेत उपलब्ध हुनेछन् । नेपालमा हिरोको उत्पादन सिजी मोटर्सले उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचारहरू

सुपर स्प्लेन्डरको ‘एक्सटेक’ भेरिएन्ट सार्वजनिक, ६८ किलोमिटर माइलेज दिने दावी

सुपर स्प्लेन्डरको ‘एक्सटेक’ भेरिएन्ट सार्वजनिक, ६८ किलोमिटर माइलेज दिने दावी

हिरो मोटो कर्पले सुपर स्प्लेन्डरको नयाँ भेरिएन्ट एक्सटेक सार्वजनिक गरेको...

चाडपर्वको झल्को दिदै अटो कम्पनीहरु : ल्याउन थाले दसैं स्किम

चाडपर्वको झल्को दिदै अटो कम्पनीहरु : ल्याउन थाले दसैं स्किम

दसैं तिहार जस्ता चाडपर्व नजिकिदै छन् । आगामी असोजको दोस्रो साता देखि...

२१ दिन पछि हिरोले ल्याउँदै छ ४०० सीसीको बाइक, बन्ने छ रोयल इन्फिल्डको प्रतिस्पर्धी

२१ दिन पछि हिरोले ल्याउँदै छ ४०० सीसीको बाइक, बन्ने छ रोयल इन्फिल्डको प्रतिस्पर्धी

हिरो मोटोकर्पले २०२४ मा ४४० सीसीको नयाँ बाइक लन्च गर्ने भएको छ । हिरो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...