एमजी ईभीको बिक्री २०० प्रतिशत हाराहारीले बृद्धि, पुग्यो टाटा ईभीको नजिक

टाटा मोटर्स हाल भारतको अग्रणी इलेक्ट्रिक कार निर्माता हो । कम्पनीको पोर्टफोलियोमा धेरै लोकप्रिय इलेक्ट्रिक कारहरू छन् । यसमा टाटा नेक्सन ईभी, टाटा पंच ईभीलगायत धेरै मोडलहरू समावेश छन् ।

तर, पछिल्लो समय कम्पनीले भारतीय बजारमा कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । विशेष गरी जेएसडब्लु एमजी मोटरको बिक्री उच्च दरले बृद्धि हुँदा टाटा ईभीमाथी दबाद सिर्जना भएको हो । टाटा मोटर्सको बिक्रीमा ठूलो परिणामसहित निरन्तर गिरावट आइरहेको छ ।

टाटा मोटर्सले फेब्रुअरी २०२५ मा आफ्नो इलेक्ट्रिक प्यासेन्जर गाडीको खुद्रा बिक्रीमा उल्लेखनीय गिरावट देख्यो, जबकि एमजी मोटर इन्डियाले महिनामा अत्याधिक बृद्धि हाँसिल गर्न सफल भयो ।

टाटाले फेब्रुअरी २०२५ मा ३ हजार ८२५ यूनिट इलेक्ट्रिक कार बेचेको थियो, जुन गत वर्षको सोही महिनामा बेचेको ५ हजार १४३ यूनिटको तुलनामा २५.६३ प्रतिशतले कम हो । अटोमोबाइल डिलर्स एसोसिएसन (फाडा) को तथ्यांकबाट यो जानकारी प्राप्त भएको हो । टाटा मोटर्सले टियागो, टिगोर, पन्च, नेक्सन र कर्भ ईभीजस्ता विद्युतीय कारहरु उपलब्ध गराउँदै आएको छ ।

टाटा ईभीको बिक्री उच्च दरले घट्दा एमजीले भने आफ्नो बजार २०० प्रतिशत हाराहारीमा बृद्धि गरेको छ । फाडाका अनुसार एमजीको बिक्री गत वर्षको सोही महिनामा १ हजार ९६ यूनिटबाट फेब्रुअरी २०२५ मा १९८.३६ प्रतिशतले बृद्धि भएर ३ हजार २७० यूनिट पुगेको छ । एमजीसंग हाल कोमेट, विन्डसर र जेड ईभीमात्रै उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

नेपाली सोरुममा आइपुग्यो नेक्सन ईभीको डार्क एडिसन, २ लाख बढी मूल्यका साथ खुल्यो बुकिङ

नेपाली सोरुममा आइपुग्यो नेक्सन ईभीको डार्क एडिसन, २ लाख बढी मूल्यका साथ खुल्यो बुकिङ

काठमाडौं – टाटा मोटर्सको निकै नै लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको...

टाटा बन्यो दोस्रो ठूलो कार कम्पनी

टाटा बन्यो दोस्रो ठूलो कार कम्पनी

टाटा मोटर्स भारतको दोस्रो ठूलो अटो कम्पनी बनेको छ । हुन्डाईलाई पछि पार्दै...

इलेक्ट्रिक कार भित्रिने क्रम बढ्यो, अब पालो टाटा नेक्सन इभीको

इलेक्ट्रिक कार भित्रिने क्रम बढ्यो, अब पालो टाटा नेक्सन इभीको

सरकारले विद्युतीय सवारीमा यसअघि लगाउँदै आएको अन्तःशुल्क मिनाहा र भन्सार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...