आयो नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर

काठमाडौं – टीभीएसकोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटर यस्तो मेसिन हो जुन केवल गुड्दैन, मोहित पार्छ ।

नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर, एनटर्क रेस एक्सपी ब्ल्याकले पावर, स्टाइल र आधुनिक प्रविधिको रोमाञ्चक संयोजन प्रस्तुत गरेको छ । स्कुटर पारखीहरूका लागि डिजाइन गरिएको यो स्कुटरले डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइन सहितको विशेषता प्रस्तुत गरेको छ ।

एनटर्क रेस एक्सपी ब्ल्याक, सामान्यताको सिमा भन्दा पर जान चाहने राइडरहरूका लागि निर्माण गरिएको कम्पनीको भनाइ छ । यसमा स्ट्रिट मोड र रेस मोड गरी डुअल राइडिङ मोडहरू उपलब्ध छन् । स्ट्रिट मोडमा यात्रुहरूले सहरको सहज र किफायती यात्रा अनुभव गर्न सक्छन् । त्यसैगरी, रेस मोडमा ० देखि ६० किलो मिटर प्रति घण्टाको गति मात्र ८.३ सेकेन्डमा प्राप्त गर्दै ९८ किलोमिटर प्रति घण्टाको अधिकतम गति दिन्छ । एनटर्क रेस एक्सपी ब्ल्याकको यो क्षमताले नेपालको स्कुटर सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।

यस स्कुटरले नेपालमै पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ । यो प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डहरू मार्फत स्मार्ट कनेक्ट एपको सहज इन्टरेक्सन प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । राइड मोड स्विच गर्न, नेभिगेसन चेक गर्न वा कलहरू व्यवस्थापन गर्न यात्रुको औला र आवाज मार्फत नै सकिन्छ ।

‘केवल प्रदर्शन मात्र होइन, यो स्कुटर हेर्दै पनि मन लोभ्याउने लुक्स सहित प्रस्तुत गरिएको छ । रेस इन्स्पायर्ड म्याट ब्ल्याक फिनिश, रातो पांग्रा, र एयरोडायनामिक ग्राफिक्स यसमा थपिएको आक्रमकता र सौन्दर्यको प्रमाण हो’, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘रेस–ट्युन स्टाइलिङ र आधुनिक एयरोडायनामिक्सको संयोजनले एनटर्क रेस एक्सपी ब्ल्याक जहाँ गए पनि सबैको ध्यान खिच्न सक्षम रहेको छ ।’

एनटर्क रेस एक्सपी ब्ल्याकको सार्वजनिक घोषणासँगै, जगदम्बा मोटर्स प्रालिले नेपालका सडकहरूमा अत्याधुनिक नवीनता ल्याउने क्रमलाई निरन्तरता दिएको गुप्ताले बताए । ‘उच्च–प्रदर्शनयुक्त दुईपांग्रे सवारीहरूमार्फत हामी सहरी गतिशीलताको परिभाषा बदल्न चाहन्छौँ’, उनले भने, ‘अब, अँध्यारोलाई उछिन्ने समय आयो । एनटर्क रेस एक्सपी ब्ल्याकको पावर, रोमाञ्चकता र बौद्धिकता अनुभव गर्न तयार हुनुहोस्, किनभने यो केवल स्कुटर मात्र होइन, एउटा स्टेटमेन्ट हो ।’

देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

प्रोटोन एक्स७० नेपालमा सार्वजनिक, यस्ता छन् सबै भेरिएन्टको विशेषता र मूल्य

प्रोटोन एक्स७० नेपालमा सार्वजनिक, यस्ता छन् सबै भेरिएन्टको विशेषता र मूल्य

काठमाडौं – नेपाली बजारमा प्रोटोनको नयाँ गाडी एक्स७० को औपचारिक बिक्री...

भोली प्रोटोन एक्स ५० को औपचारिक लन्च हुने

भोली प्रोटोन एक्स ५० को औपचारिक लन्च हुने

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले भोली...

मलेसियन प्रिमियम इन्टेलिजेन्ट एसयूभी प्रोटोन एक्स७० असार १६ गते लन्च हुने

मलेसियन प्रिमियम इन्टेलिजेन्ट एसयूभी प्रोटोन एक्स७० असार १६ गते लन्च हुने

काठमाडौं – आगामी असार १६ गते बुधबार नेपाली बजारमा मलेसियन प्रिमियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...