स्कोडाको नयाँ ७ सिटर ईभी अर्को वर्ष लन्च हुने

स्कोडाले अर्को वर्ष लन्च हुने नयाँ फ्ल्यागशिप इलेक्ट्रिक एसयूभीको टिजर सार्बजनिक गरेको छ । भिजन ७एस कन्सेप्टमा आधारित सो नयाँ ७ सिटर ईभीमा थ्री–रो लेआउट हुने जनाइएको छ । नयाँ एसयूभी कोडियाक जस्तै आकारको हुने अनुमान गरिएको छ ।

सार्बजनिक गरिएको टिजर तस्विरले एसयूभीको अगाडि र पछाडि डार्क पृष्ठभूमिमा, डी–पिलर र टेलगेटको बिटहरू देखाएको छ । टी–आकारको एलईडी हेडल्याम्प र टेलल्याम्प, रुफ स्पोइलर र पछाडिको वाइपर देख्न सकिन्छ ।

नयाँ एसयूभी एमईबी प्लेटफर्ममा निर्माण हुने अपेक्षा गरिएको छ । साथै यो, सिंगल र डुअल मोटर पावरट्रेन विकल्पमा उपलब्ध हुने संभावना छ । स्कोडा भिजन ७एस अवधारणामा ८९ किलोवाट आवर ब्याट्री प्याक रहेको छ जसको डब्लूएलटीपी रेटेड रेन्ज ६०० किलोमिटर छ ।

स्कोडाको सो नयाँ ईभी बिक्रीमा आएपछि, यसले हुन्डाई आयोनिक ९ र किया ईभी ९ संग प्रतिस्पर्धा गर्ने देखिन्छ । किनकि यी तीनवटै ईभी फूल साइज एसयूभी हुन् ।

सम्बन्धित समाचारहरू

स्कोडा र फक्सवागनले आफ्ना कारमा नयाँ ८ स्पिड गियरबक्स उपलब्ध गराउने, ड्राइभिङ र माइलेजमा सुधार हुने

स्कोडा र फक्सवागनले आफ्ना कारमा नयाँ ८ स्पिड गियरबक्स उपलब्ध गराउने, ड्राइभिङ र माइलेजमा सुधार हुने

स्कोडा र फक्सवागनले बजारमा धेरै उत्कृष्ट कार र एसयूभी बिक्री गरिरहेका छन्...

स्कोडाको नयाँ कम्प्याक्ट एसयूभी काइलक, अर्को वर्ष लन्च हुने

स्कोडाको नयाँ कम्प्याक्ट एसयूभी काइलक, अर्को वर्ष लन्च हुने

स्कोडा इन्डियाले आफ्नो आगामी कम्प्याक्ट एसयूभी कारको नाम घोषणा गरेको छ ।...

स्कोडाको उत्पादन क्षमता ३० प्रतिशतले बृद्धि, वर्षमा ७० हजार काइल्याक उत्पादनको लक्ष्य

स्कोडाको उत्पादन क्षमता ३० प्रतिशतले बृद्धि, वर्षमा ७० हजार काइल्याक उत्पादनको लक्ष्य

स्कोडाले भारतमा आफ्नो उत्पादन क्षमतालाई बृद्धि गरेको छ । कम्पनीले चाकन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...