स्कोडा र फक्सवागनले आफ्ना कारमा नयाँ ८ स्पिड गियरबक्स उपलब्ध गराउने, ड्राइभिङ र माइलेजमा सुधार हुने

स्कोडा र फक्सवागनले बजारमा धेरै उत्कृष्ट कार र एसयूभी बिक्री गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार दुबै कम्पनीले प्रस्ताव गरेका कार र एसयूभीमा चाँडै नै नयाँ गियरबक्स उपलब्ध गराइनेछ। दुई कम्पनीले ८ स्पिड गियरबक्स (एक्यु३००) भएका कार उपलब्ध गराउने योजना बनाएका छन् ।

हाल स्कोडा र फक्सवागन दुवैले आफ्ना कार र एसयूभीमा ६ स्पिड एटी गियरबक्स प्रदान गर्छन्। तर अब सो गियरबक्सको सट्टामा नयाँ ८ स्पिड टर्क कन्भर्टर गियरबक्स दिइनेछ, जसमा १.५ लिटर क्षमताको इन्जिन ल्याइनेछ ।

स्कोडा र फक्सवागनले आफ्ना कार र एसयूभीमा नयाँ गियरबक्सको स्थापना पछि आफ्नो सेगमेन्टमा सबैभन्दा बढी टर्क भएका कारको सूचीमा समावेश हुनेछ । हाल १.५ लिटर इन्जिनसँग प्रदान गरिएको ६ स्पिड एटी गियरबक्सले २५० एनएमको टर्क प्रदान गर्छ। तर नयाँ गियरबक्सको स्थापना पछि यसले ३०० एनएमको टर्क प्रदान गर्नेछ ।

नयाँ गियरबक्सका कारण गाडीको इन्जिनमा कम लोड हुनेछ, जसले कम कार्बन डाइअक्साइड उत्पन्न गर्नेछ तथा गाडीको माइलेज पनि बढ्नेछ । साथै नयाँ गियरबक्सका कारण गाडीको पावर पनि बढ्नेछ । यद्यपि यसले गाडीको मूल्यमा भने बढोत्तरी हुने सम्भावना छ, तर कम्पनीले गाडीको मूल्य कम गर्नका लागि नयाँ गियरबक्स स्थानीय रूपमा उत्पादन गर्न सक्दो प्रयास गर्नेछ ।

हालसम्म नयाँ गियरबक्स कहिले आउने हो त्यसको कुनै जानकारी दिइएको छैन तर स्कोडा र फक्सवागनले २०२५ देखि २०२६ सम्ममा सबै कारमा नयाँ ८ स्पिड गियरबक्स अपडेट गर्न सक्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

फक्सवागनका २ नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक, यस्तो छ फिचर

फक्सवागनका २ नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक, यस्तो छ फिचर

जर्मन अटोमेकर फक्सवागनले २ नयाँ इलेक्ट्रिक एसयूभी आईडी ६ र आईडी ६ क्रस...

यस्तो छ नेपाल भित्रिने अन्तिम तयारीमा रहेको फक्सवागन टाइगुनको ५ बिशेषता

यस्तो छ नेपाल भित्रिने अन्तिम तयारीमा रहेको फक्सवागन टाइगुनको ५ बिशेषता

जर्मन अटो मेकर फक्सवागनले पर्सि बिहीबार अर्थात सेप्टेम्बर २३ मा भारतीय...

निजी सम्पत्ति र व्यवसाय क्षतिको अटो मेकानिक्स व्यवसायी संघद्वारा भर्त्सना, साधारण सभा स्थगित

निजी सम्पत्ति र व्यवसाय क्षतिको अटो मेकानिक्स व्यवसायी संघद्वारा भर्त्सना, साधारण सभा स्थगित

काठमाडौं – काठमाडौं उपत्यका भित्र रहेका सवारी साधन मर्मत गर्ने अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...