स्कोडाको उत्पादन क्षमता ३० प्रतिशतले बृद्धि, वर्षमा ७० हजार काइल्याक उत्पादनको लक्ष्य

स्कोडाले भारतमा आफ्नो उत्पादन क्षमतालाई बृद्धि गरेको छ । कम्पनीले चाकन प्लान्टको क्षमतालाई ३० प्रतिशतले बृद्धि गरेको हो । सोहि प्लान्टबाट स्कोडले हालै लन्च गरिएको काइल्याक सहित कुशाक एसयुभी र स्लाभिया सेडान तथा फक्सवागनले टाइगुन र भर्टस मोडल उत्पादन गर्दै आएका छन् ।

डिसेम्वर २ देखी बुकिङ खुल्ला गरिएको काइल्याक स्कोडाको सबैभन्दा सानो एसयुभी हो । जसको सुरुवाती मुल्य ७ लाख ८९ हजार भारु निर्धारण गरिएको छ । लन्च भएयता काइल्याकले १० हजारभन्दा बढी बुकिङ पाइसकेको छ । स्कोडले यसको डेलिभरी २०२५ को मे महिनादेखी गर्ने जनाए पनि ३ हजारभन्दा बढी इन्ट्रि लेभल भेरिएन्टलाई भने डेलिभरी गरिसकेको छ ।

पहिलो लटमा ३३ हजार ३३३ युनिट डेलिभरी गर्ने योजना बनाएको स्कोडले मासिक ६ हजार युनिटका दरले यसको उत्पदान गर्दै आएको जनाइएको छ । सुरुवाती समयमा भारतिय बजारमा मात्रै बिक्री गर्ने तयारी गरिएको यस एसयुभीलाई बिस्तारै निर्यात समेत गर्ने कम्पनीले योजना बनाएको छ । बार्षिक ७० हजार युनिटसम्म काइल्याक उत्पादन गर्ने स्कोडा एन्डियाले लक्ष्य लिएको छ ।

एमक्यूबी ए०– आईएन प्लेटफर्ममा आधारित ब्रान्डको पहिलो कम्प्याक्ट एसयूभी काइल्याक कुशाक भन्दा केही सानो छ । सो नयाँ एसयुभी क्लासिक, सिग्नेचर, सिग्नेचर प्लस र प्रेस्टिज गरी कुल ४ भेरिएन्टमा उपलब्ध छ ।

नयाँ एसयुभीमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको साथ ८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १०.१ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली राखिएको छ । सब–४ मिटर एसयूभीमा भेन्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रिकली एडजस्ट गर्न मिल्ने ड्राइभर सिट, वायरलेस फोन चार्जर, क्यान्टन साउन्ड सिस्टम र एम्बियन्ट लाइटिङ समेत पाउन सकिन्छ ।

काइल्याकमा स्कोडाको उहि पुरानो १.० लिटर टर्बो–पेट्रोल इन्जिन जडान गरिएको छ । जसले ११३ बिएचपी पावर र १७८ एनएम टर्क जेनेरेट गर्दछ । एसयुभी ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्पमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

स्कोडा नेपालले ल्यायो ६.९९ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्सिङको बेजोड योजना

स्कोडा नेपालले ल्यायो ६.९९ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्सिङको बेजोड योजना

काठमाडौं – स्कोडा नेपालले विलासी, सुरक्षित र प्रिमियम ड्राइभिङ...

स्कोडा र फक्सवागनले आफ्ना कारमा नयाँ ८ स्पिड गियरबक्स उपलब्ध गराउने, ड्राइभिङ र माइलेजमा सुधार हुने

स्कोडा र फक्सवागनले आफ्ना कारमा नयाँ ८ स्पिड गियरबक्स उपलब्ध गराउने, ड्राइभिङ र माइलेजमा सुधार हुने

स्कोडा र फक्सवागनले बजारमा धेरै उत्कृष्ट कार र एसयूभी बिक्री गरिरहेका छन्...

स्कोडाको नयाँ कम्प्याक्ट एसयूभी काइलक, अर्को वर्ष लन्च हुने

स्कोडाको नयाँ कम्प्याक्ट एसयूभी काइलक, अर्को वर्ष लन्च हुने

स्कोडा इन्डियाले आफ्नो आगामी कम्प्याक्ट एसयूभी कारको नाम घोषणा गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...