स्कोडाको नयाँ कम्प्याक्ट एसयूभी काइलक, अर्को वर्ष लन्च हुने

स्कोडा इन्डियाले आफ्नो आगामी कम्प्याक्ट एसयूभी कारको नाम घोषणा गरेको छ । सो गाडी स्कोडा काइलक नामबाट आउनेछ र यो २०२५ मा भारतीय बजारमा लन्च हुनेछ ।

कम्पनीले सो एसयूभीको साइड प्रोफाइलको टिजर पनि जारी गरेको छ, जसमा रूफ रेल र र्‍यापराउन्ड टेल ल्याम्प देखिएको छ । साथै सो एसयूभीको स्प्लिट हेडल्याम्प डिजाइन र एलईडी डीआरएलसहित केही डिजाइन पनि सार्वजनिक गरेको छ ।

सो एसयूभी कम्पनीको एमक्युबी-एओ-इन प्लेटफर्ममा विकास भइरहेको छ । यसको मूल्य ८ लाख ५० हजार भारुबाट सुरु हुन सक्ने अनुमान गरिएको छ । यसले मारुती ब्रेजा, किया सोनेट, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी थ्रीएक्सओ, हुन्डाई भेन्यु, रेनो काइगर र निसान म्याग्नाइटसँग प्रतिस्पर्धा गर्नेछ ।

स्कोडाले आफ्नो नयाँ कम्प्याक्ट एसयूभीमा परफर्मेन्सको लागि कुशाकमा जस्तै पावरट्रेन सेटअप उपलब्ध गराउन सक्ने अनुमान गरिएको छ । कुशाकमा १.० लिटर टीएसआई टर्बो पेट्रोल इन्जिन छ, जसले ११५ एचपीको पावर र १७८ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ट्रान्समिसनका लागि ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ ।

स्कोडा काइलकमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, फुल डिजिटल ड्राइभर डिस्प्ले, भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस फोन चार्जर र सनरुफ उपलब्ध हुनेछ । साथै सेफ्टिका लागि ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

स्कोडा कुशाक फेसलिफ्टको टिजर सार्वजनिक, २० जनवरीमा लन्च हुँदै

स्कोडा कुशाक फेसलिफ्टको टिजर सार्वजनिक, २० जनवरीमा लन्च हुँदै

स्कोडाले भारतीय बजारमा बिक्री गर्दै आएको लोकप्रिय मध्यम आकारको एसयूभी...

स्कोडा र फक्सवागनले आफ्ना कारमा नयाँ ८ स्पिड गियरबक्स उपलब्ध गराउने, ड्राइभिङ र माइलेजमा सुधार हुने

स्कोडा र फक्सवागनले आफ्ना कारमा नयाँ ८ स्पिड गियरबक्स उपलब्ध गराउने, ड्राइभिङ र माइलेजमा सुधार हुने

स्कोडा र फक्सवागनले बजारमा धेरै उत्कृष्ट कार र एसयूभी बिक्री गरिरहेका छन्...

एक वर्षमै ५० हजार युनिट उत्पादन पार गर्दै स्कोडा काइलकले रच्यो नयाँ इतिहास

एक वर्षमै ५० हजार युनिट उत्पादन पार गर्दै स्कोडा काइलकले रच्यो नयाँ इतिहास

स्कोडाकाे ४ मिटरभन्दा कम लम्बाइको लोकप्रिय एसयूभी काइलकले एक वर्षभित्रै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...