टाटा कर्भ र अन्य सहित टाटाका ईभी अब वीरगन्जमा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी वीरगन्जमा लन्च गरेको छ। वीरगन्जस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के३ र टाटा सफारी लन्च भएका हुन् ।

सो कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, मधेश प्रदेश – जनार्दन सिंह क्षेत्रीको साथ सिप्रदी ट्रेडिङका तर्फबाट प्यासेन्जर भेइकलका बिजनेस युनिट प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले वीरगन्जमा टाटाका नयाँ गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए ।

अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्ने उनको भनाइ थियो।

त्यस्तै, प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले वीरगन्जमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्षित भएको बताए। विशेषगरी भारतमा निकै रुचाइएको टाटा कर्भ ईभीको धेरै ग्राहकहरुबाट प्रतीक्षा भएको र हाल गाडी डेलिभरी गर्न पाउँदा उत्साहित भएको सापकोटाले बताए।

कार्यक्रममा बोल्दै प्रमुख अथिति जनार्दन सिंह क्षेत्रीले सिप्रदीको सेवा सुविधा देखेर अत्यन्त प्रभावित भएको बताए ।

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले कर्भ ईभीमा सिंगल चार्जमै लामो दुरीको यात्रा – काठमाडौँ, भारतको पटना, मुजफरपुर सजिलै आवत जावत गर्न सकिने कुरामा जोड दिए।

अब वीरगन्जका ग्राहकहरुले शोरुममा गएर लन्च भएको गाडीहरु कर्भ ईभी, नेक्सन के३ र टाटा सफारीको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

नेपाली युवाहरुले बनाएको दुई इलेक्ट्रिक बाइक मूल्य सहित आज सार्वजनिक हुँदै

नेपाली युवाहरुले बनाएको दुई इलेक्ट्रिक बाइक मूल्य सहित आज सार्वजनिक हुँदै

काठमाडौं – असिम पाण्डे नेतृत्वको युवा समूहले तयार गरेका दुई मोडलका...

११ लाख ४९ हजार भारुमै आयो टाटा सिएरा, यस्तो छ विशेषता

११ लाख ४९ हजार भारुमै आयो टाटा सिएरा, यस्तो छ विशेषता

टाटा मोटर्सले आफ्नो वहुप्रतिक्षित फेमिली कार सिएरा एसयूभी लन्च गरेको छ ।...

आजबाट टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने

आजबाट टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने

काठमाडौँ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...