एयरब्याग कसरी र कहिले सक्रिय हुन्छन् ? यस्तो छ आधुनिक ईभीमा हुने सुरक्षा सम्बन्धी संयन्त्र

कुनै पनि सवारी साधनमा हुने एयरब्यागले सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर यी एयरब्याग सधै र सबै अवस्थामा सक्रिय नहुने भएकाले त्यसै अनुसार आवश्यक तयारी र बचाउ गर्नु आवश्यक हुन्छ ।

जीएसी विश्वभर उच्च गुणस्तरको सवारीसाधन उत्पादन गर्ने कम्पनीका रूपमा परिचित छ र यो विश्वको तेस्रो ठूलो ईभी निर्माता कम्पनी पनि हो। यसको गुणस्तरमा भएको विश्वसनीयताका कारण टोयोटा र होन्डा लगायतका कम्पनीले चिनियाँ बजारका लागि आफ्ना सम्पूर्ण मोडेलहरूमा जीएसीद्वारा निर्मित प्रविधि प्रयोग गर्छन् ।

हालै टोयोटाले आफ्नो नयाँ विद्युतीय एसयूभी बीजेड३एक्स सार्वजनिक गरेको छ, जुन पूर्ण रूपमा जीएसीद्वारा निर्मित गरिएको हो। जीएसीले हालै सवारी साधनमा हुने एयरब्यागका वारेमा महत्वपूर्ण जानकारी सार्वजनिक गरेको छ ।

एयरब्यागको सक्रियता सवारीको गति, एंगल अफ इम्प्याक्ट अर्थात ठोकिने तरिका, अवरोधको प्रकार र दुर्घटनाको गम्भीरता। जस्ता विभिन्न कारकहरूमा निर्भर गर्दछ । सवारीसाधनको मापदण्ड अनुसार, एयरब्यागहरू मुख्य रूपमा मध्यम देखि गम्भीर स्तरका अगाडि कुनै वस्तुमा हुने टक्करहरूमा मात्र सक्रिय गरिन्छन्, जहाँ यात्रुहरूको सुरक्षा आवश्यक हुन्छ ।

केही विशेष अवस्थामा भने एयरब्यागको सक्रियता आवश्यक नरहेको सेन्सरले ठान्न सक्छ र एयरब्यागले त्यो अवस्थामा काम नगर्ने वा सक्रिय नहुने पनि हुन सक्छ । पोल वा रुखसँग हुने ठक्कर, पछाडिबाट हुने ठक्कर, गाडी पल्टिने अवस्था वा सानो स्तरका ठक्कर जस्ता संकुचित वस्तुहरुमा सेन्सरले काम नगर्ने र अनावश्यक रुपमा एयरब्याग नखुल्ने हुन सक्छ । यसले गर्दा यात्रुहरुलाई अनावश्यक जोखिमबाट बचाउने समेत काम गर्छ ।

जीएसी समूहले विश्वव्यापी सुरक्षासँग सम्बन्धित मापदण्डहरू तथा प्रमाणपत्रहरू प्राप्त गरेको छ र यसले उच्च स्थरको सुरक्षा प्रविधिहरू प्रयोग गर्दछ। कम्पनी सधैं नवीनतम सुरक्षा प्रणालीहरू विकास गर्दै यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन प्रतिबद्ध भएको बताएको छ।

जीएसीले आफ्ना ग्राहकहरूलाई सवारीसाधनको म्यानुअल हेर्न तथा एयरब्यागको कार्यक्षमता र अन्य सुरक्षा विशेषताहरूबारे विस्तृत जानकारीको लागि अधिकारिक सर्भिस सेन्टरहरूमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यदि कुनै ग्राहकलाई सवारीसाधनको सुरक्षासँग सम्बन्धित थप जानकारी आवश्यक छ भने जीएसीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न वा नजिकको आधिकारिक सर्भिस सेन्टर वा शोरूममा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

नेपालमा पनि जीएसीका सवारी साधन बिक्री–वितरण भइरहेका छन् । सीजी मोटर्सले जीएसीका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

२५७५ किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार !

२५७५ किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार !

जर्मनीको एक टेक्निकल युनिभर्सिटीका विद्यार्धीले हालसम्मकै सर्बाधिक बढी...

एन्टी थेफ्ट अलार्म र लाइभ ट्रयाकिङ जस्ता फिचर भएको इलेक्ट्रिक स्कुटर राइडर सुपरम्याक्स

एन्टी थेफ्ट अलार्म र लाइभ ट्रयाकिङ जस्ता फिचर भएको इलेक्ट्रिक स्कुटर राइडर सुपरम्याक्स

जिमोपाइले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर राइडर सुपरम्याक्स भारतमा लन्च...

यात्री पी–१ सोल्ड आउट हुने चरणमा, अर्डरका लागि आग्रह

यात्री पी–१ सोल्ड आउट हुने चरणमा, अर्डरका लागि आग्रह

काठमाडौं – नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ को स्टक सकिन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...