जीएसी एवोन भीमा आधारित टोयोटा बीजेड३एक्स ईभीमा क्रेज, पहिलो घण्टामै १० हजार युनिट अर्डर

टोयोटाले तेस्रो ईभीको रुपमा बीजेडथ्रीएक्स ( बीजेड३एक्स) एसयूभी चीनमा सार्वजनिक गरेको छ । लन्च गरिएको पहिलो घण्टामै १० हजार युनिट अर्डर पाएर चर्चामा समेत रहेको सो ईभीका कारण कम्पनीको सर्भर नै क्र्यास हुन पुगेको थियो ।

चीनमा १ लाख १० हजार युआन अर्थात करिव १५ हजार डलरमै उपलब्ध हुने सो ईभी चीनमा बिक्री हुने ईभी सेडान बीजेड३ भन्दा ३० प्रतिशत कम मूल्यमा उपलब्ध भएको हो ।

सो नयाँ मोडललाई चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरको ज्वाइन्ट भेन्चर जीएसी टोयोटा मोटरले विकास गरेको हो ।

टोयोटाको ब्याज राखिए पनि बीजेड३एक्स भने विशेष गरी जीएसी एवोन भीमा आधारित छ । यसमा उही साइज, मोटर र ड्राइभट्रेन प्रयोग गरिएको छ । तर ब्याट्री प्रविधि भने फरक छ । फाइभ डोर, फाइभ सिटर सो ईभीको लम्बाई, चौडाई र उचाई क्रमशः ४,६०० एमएम, १,८५० एमएम र १,६०० एमएम छ । यसको ह्विलबेस २,७६५ एमएम छ ।

सिंगल मोटर फ्रन्ट ह्विल ड्राइभ अप्सनमा रहेको सो ईभीमा तीन फरक क्षमताको एलएफपी ब्याट्री पाउन सकिन्छ । यसमा रहेको ५० किलोवाट आवरको ब्याट्रीले ४३० किलोमिटर, ५८.४ किलोवाट आवरको ब्याट्रीले ५२० किलोमिटर र ६७.९ किलोवाट आवरको ब्याट्रीले ६१० किलोमिटरको सीएलटीसी रेन्ज दिन्छ ।

सो नयाँ ईभीमा चाइनिज स्टार्टअप मोमेन्टाद्वारा विकास गरिएको एडास सिस्टम लगायतका फिचर पाउन सकिन्छ । यसबाट लेन चेन्ज, पासिङ र मर्जिङ लगायतका सुविधा प्रयोग गर्न सकिन्छ । यसको इन्टेरियरमा भने टेस्लाको झलक दिने डिजाइन पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि

ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि

काठमाडौँ – नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर...

ई–सेवा महा–उत्सवको विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण

ई–सेवा महा–उत्सवको विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण

ललितपुर – ई–सेवाले नेपालीहरुको महान चाड दशैं, तिहार र छठको अवसरमा...

नयाँ टोयोटा ग्लान्जामा उपलब्ध हुनेछन् यस्ता ५ महत्वपूर्ण फिचरहरू

नयाँ टोयोटा ग्लान्जामा उपलब्ध हुनेछन् यस्ता ५ महत्वपूर्ण फिचरहरू

टोयोटा मोटरले भारतमा प्रिमियम ह्याचब्याक २०२२ ग्लान्जा लन्च गर्ने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...