नेपालमा सार्वजनिक हुने तयारीमा रहेको दिपल एस०५ ले जित्यो चर्चित आईएफ डिजाइन अवार्ड

केही समयपछि नेपालमा सार्वजनिक हुन लागेको चांगानको नयाँ ईभी दिपल एस०५ ले प्रतिष्ठित आईएफ डिजाइन अवार्ड जितेको छ । एस०५ को इनोभेटिभ डिजाइन, कटिङ–एज प्रविधि र दीर्घकालीनताप्रतिको प्रतिबद्धताको मूल्यांकन गर्दै अटोमोबाइल सेग्मेन्टमा आईएफ डिजाइन अवार्डले सम्मान गरिएको हो ।

दिपलको लोकप्रिय मोडल एस०७ को सिब्लिङ एस०५ मा फ्युचरिस्टिक एस्थेटिक्स र अत्याधुनिक प्रविधिको सम्मीश्रण छ । यसमा नयाँ ककपिट इन्टरेक्सन सिस्टम, स्लिक डिजाइन र उत्तरआधुनिक फिचरहरु छन् जसले ड्राइभिङ एक्सपिरियन्सलाई पुनर्परिभाषित गर्नेछ । स्टाइल, इन्टेलिजेन्स र इकोफ्रेन्ड्लीनेसलाई एस०५ ले नयाँ मापदण्ड स्थापित गर्नेछ ।

‘इनोभेटिभ इन्टेरेक्टिभ एक्सपिरियन्सका कारण दिपल एस०५ लाई अरुभन्दा उत्कृष्ट बनाएको छ । यसमा पावर सिस्टममा जोडिएको सेग्मेन्ट फस्ट अनबोर्ड पीटीजी क्यामेरा र डीएलपी प्रोजेक्सन हेडलाइट रहेको छ । यस्ता फिचरले एस०५ लाई इन्टेलिजेन्ट, इफिसेन्ट बनाएको छ ।’ आईएफ डिजाइन अवार्डले आफ्नो वेबसाइटमा लेखेको छ ।

यो वर्ष आईएफ अवार्डका लागि ६६ वटा मुलुकबाट ११ हजार वटा आवेदन आएका थिए । जर्मनीको ह्यामबर्गमा आयोजना भएको यो अवार्ड सेरेमोनीमा २३ वटा मुलुकका १३१ जुरीले मूल्यांकन गरेर विजेता घोषणा गरेको हो ।

पाँच महिनाअघि ग्लोबल लन्च गरिएको दिपल एस०५ ले चिनियाँ अटोबजारमा अहिले राम्रो चर्चा कमाइरहेको छ । केही सातामा थाइल्यान्डमा सार्वजनिक गरिने एस०५ अर्को महिना नेपालमा ल्याउने तयारी एमएडब्लु वृद्धिले गरिरहेको जनाएको छ ।

दिपलले डिजाइन र टेक्नोलोजीलाई प्राथमिकतामा राख्दै आएको छ । उसले हरेक वर्ष आफ्नो आम्दानीको १० प्रतिशत टेक्नोलोजिकल रिसर्च र डेभलपमेन्टमा खर्च गर्ने गरेको छ । आउँदो तीन वर्षमा दिपलले विश्वभर ९ वटा नयाँ मोडल सार्वजनिक गर्ने योजना बनाएको छ । हालसम्ममा दिपल चीनबाहेक दक्षिणपूर्व एसिया, मध्य र दक्षिण अमेरिका, मध्यपूर्व, अफ्रिका र अस्ट्रेलियामा विस्तार भइसकेको छ ।

सम्बन्धित समाचारहरू

अब १० लाख कम मूल्यमा इलेक्ट्रिक लक्जरी एसयूभी ‘जिकर एक्स’

अब १० लाख कम मूल्यमा इलेक्ट्रिक लक्जरी एसयूभी ‘जिकर एक्स’

काठमाडौं – नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...

सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो–एस नेपाली बजारमा भित्रिदै

सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो–एस नेपाली बजारमा भित्रिदै

काठमाडौं – चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी सुनरा ईभी (Sunra...

बैद्य इनर्जीले पोखरामा खोल्यो एथर इलेक्ट्रिकको शोरुम, अटो वेज बन्यो डिलर

बैद्य इनर्जीले पोखरामा खोल्यो एथर इलेक्ट्रिकको शोरुम, अटो वेज बन्यो डिलर

पोखरा – नेपालका लागि एथर इलेक्ट्रिकको आधिकारिक वितरक वैद्य इनर्जीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...