नेपाली सडकमा अब ५०० बढी नामी ईभी

काठमाडौं – डोङफेङ नामी, बिग ह्याच विद फाइभ–स्टार लक्जरीले नेपालको सडकमा ५०० भन्दा बढी कारहरूको बिक्रीका साथ उत्कृष्ट माइलस्टोन हासिल गरेको छ। यो उल्लेखनीय उपलब्धिले ईभी बजारमा नामीको बढ्दो प्रभुत्व र नेपालको यातायात क्षेत्रलाई पुनःपरिभाषित गर्ने यसको प्रतिबद्धतालाई जोड दिन्छ।

परम्परागत कार लन्चभन्दा बिल्कुल फरक रहँदै नामीले अटोमोटिभ उद्योगमा मौलिक प्रकारको एक अभूतपूर्व फेसन शो–थीम कार्यक्रम मार्फत डेब्यु गरेको थियो । ग्ल्यामर र अत्याधुनिक प्रविधि मिश्रित यो नवीन लन्चले नामीको भाइब्रेन्ट डिजाइन, अत्याधुनिक सुविधाहरू र प्रिमियम अपील प्रदर्शन गरेको छ। कार्यक्रमले दर्शकहरूमा स्थायी छाप छोड्दै उनीहरूलाई यातायातको भविष्यलाई अँगाल्न प्रेरित गरको छ ।

एमएडब्लू वृद्धि ईभी कार्निभलको समापन अवसरमा विशेष समारोहका साथ सो उपलब्धि मनाइयो । नामीले यो अविश्वसनीय उपलब्धि मनाउँदै गर्दा यस ब्रान्डले एमएडब्लू वृद्धि ईभी कार्निभलको समापन समारोहमा अर्को माइलस्टोन समेत हासिल गरेको छ। एक विशेष समारोहमा ५ जना ग्राहकहरूलाई ब्रान्ड न्यु नामी गाडीहरूको साँचो हस्तान्तरण गरिएको थियो। देशभरि पहिले नै ५०० भन्दा बढी नामी कारहरू गुडिरहेको अवस्थामा यस ब्रान्डले नेपालको ईभी लहरमा आफूलाई अग्रणीको रूपमा दृढतापूर्वक स्थापित गरेको बताएको छ।

अभूतपूर्व चर्चासँगै नामीले नाडा अटो शोमा ७२० भन्दा बढी बुकिङहरूको रेकर्ड पनि कायम गरेको थियो। नामीको भविष्यवादी डिजाइन र उन्नत सुविधाहरूबाट सबै क्षेत्रका ग्राहकहरू मोहित भएका छन्। यसमा फ्रेमलेस डुअर, मेमोरी सिट, फ्लश डुअर ह्यान्डलहरू र स्लिक फ्ल्याट सर्फेस रहेको छ। गाडीमा लेभल २ एड्याश स्ट्यान्डर्ड सुरक्षा प्रणाली र १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोल पनि छ जसले अनुपम आराम, सुरक्षा र प्रविधि प्रदान गर्दछ। बोल्ड, सेक्सी डिजाइन र जीवन्त रंगहरूको विकल्पको साथ नामी छिट्टै नै शैली र दिगोपन खोज्ने समकालीन चालकहरूको लागि आकर्षक विकल्प बनेको छ।

नेपालको सडकहरूमा नामी कारहरूको संख्या बढ्दै जाँदा ब्रान्डले देशलाई स्मार्ट, थप स्टाइलिस र दिगो भविष्यतर्फ डोरÞ्याइरहेको छ। नामीको लागि यो केवल एउटा माइलस्टोन मात्र नभई नेपालको ईभी परिदृश्यमा नयाँ युगको सुरुवात पनि भएको एमएडब्लू वृद्धिले जनाएको छ ।

सम्बन्धित समाचारहरू

आज देखि टाटा मोटर्स एक्सचेन्ज विक–एन्ड, कुनै पनि गाडीसँग टाटा मोटर्सको ईभी साट्न सकिने

आज देखि टाटा मोटर्स एक्सचेन्ज विक–एन्ड, कुनै पनि गाडीसँग टाटा मोटर्सको ईभी साट्न सकिने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

आज दिउँसो २ बजे देखि २ बजेर २ मिनेट सम्म बुक गर्ने सबैले निःशुल्क पठाओ ट्याक्सी चढ्न पाउने

आज दिउँसो २ बजे देखि २ बजेर २ मिनेट सम्म बुक गर्ने सबैले निःशुल्क पठाओ ट्याक्सी चढ्न पाउने

काठमाडौं – पठाओ कार लाइट (ट्याक्सी) को दोश्रो वार्षिकोत्सवको अवसरमा आज आज...

सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो–एस नेपाली बजारमा भित्रिदै

सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो–एस नेपाली बजारमा भित्रिदै

काठमाडौं – चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी सुनरा ईभी (Sunra...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...