एलईभी ०१ ईभीका दुई भेरिएन्ट नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं – एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रालिले औपचारिक रूपमा नेपाली बजारमा दुई भेरिएन्टका गाडी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी दुई भेरिएन्टको सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरिएन्टमा एलईभी ०१ का गाडी आएका हुन् । ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक भएको एलईभी ०१ मा ९९ किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर रहेको छ ।

यो मोटरले ३०० एनएमको टर्क उत्पन्न गर्छ । एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीले बताएको छ । प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी एक्समा बनेको यो ईभीमा ब्याट्री प्याक पोजिसन साइड बडीभन्दा अझै माथि रहेको छ ।

यसको ब्याट्री प्याक र ग्राउण्डबीचको दूरी २२१ एमएम रहेको छ । एलएस अटो एलईभी ०१ मा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आइरन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ ।

यो ईभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिन्छ । प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन रहेको नेक्सन वेन्चर सेल्स हेड नविन फुयाँलले जानकारी दिए ।

गाडीमा लेदरेट स्टेरिङ ह्विल तथा सिट कभर ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्टुमेन्टल क्लस्टर, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता सुविधाहरू दिइएको छ ।

यस्तै, सुरक्षाका लागि यो ईभीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधाहरू पनि दिइएको छ ।

युरो एनक्यापबाट क्यास टेस्टमा ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको यस गाडीको खरिदमा कम्पनीले ८ वर्षवा १ लाख ५० हजार किलोमिटर सम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ । नेक्सन भेन्चरले स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार तथा कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ कम्पनीले तोकेको छ ।

कम्पनीले एलईभी सिरिजको पहिलो मोडलको रूपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी ल्याएको हो । एलएस अटोले सन् २०२५ मा थप दुई मोडेलहरू एलईभी ०३ र एलईभी ०५ लन्च गर्दैछ । यी कारहरू राइट ह्यान्ड ड्राइभ र लेफ्ट ह्यान्ड ड्राइभ दुवै अप्सनमा बन्ने भएकाले छिट्टै नेपालमा आउने समेत फुयाँलले बताए ।

एलईभी ०३ एक प्रिमियम क्रसओभर इलेक्ट्रिक एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो । आफैँ डिजाइन हाउस समेत भएकाले यो कम्पनीले बनाएका गाडीहरू राइट ह्यान्ड ड्राइभ र लेफ्ट ह्यान्ड ड्राइभ दुवै अप्सनमा एकैसाथ उत्पादन गर्छ ।

देशव्यापी रूपमा चार्जिङ स्टेशन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले काठमाडौ बालुवाटार स्थित चिनियाँ दूतावास नजिकै शोरुम सञ्चालन गरिसकेको छ । अर्को साता भित्र ललितपुरको बालकुमारी बाट पनि शोरूम सञ्चालन गर्ने योजना रहेको फुयाँलको भनाइ छ ।

विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस सांघाई लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन कम्पनी हो । सांघाई लन्च अटोमोटिभले चीनमा अटोमोबाइल मात्र होइन, उच्च गतिमा चल्ने रेल, हेलिकप्टर डिजाइनसम्ममा सहभागिता जनाएको छ ।

सम्बन्धित समाचारहरू

डिजेल र पेट्रोल गाडीलाई विद्युतीयमा बदल्न बाटो खुला : साताको दुई दिन बिदा

डिजेल र पेट्रोल गाडीलाई विद्युतीयमा बदल्न बाटो खुला : साताको दुई दिन बिदा

काठमाडौँ – पेट्रोलियम पदार्थको बढ्दो आयात र वातावरण प्रदूषणलाई...

लिपमोटर बी१० को स्निक प्रिभ्यु सम्पन्न, औपचारिक लन्च तथा मूल्य सार्वजनिक नाइमामा

लिपमोटर बी१० को स्निक प्रिभ्यु सम्पन्न, औपचारिक लन्च तथा मूल्य सार्वजनिक नाइमामा

काठमाडौं – नेपालमा लिपमोटरको आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स...

यात्री र सिप्रदी मिलेर अब ‘मेड इन नेपाल’ इलेक्ट्रिक स्कुटर बनाउने, बाहिरियो टिजर

यात्री र सिप्रदी मिलेर अब ‘मेड इन नेपाल’ इलेक्ट्रिक स्कुटर बनाउने, बाहिरियो टिजर

काठमाडौं – नेपालमै इलेक्ट्रिक मोटरसाइकल बनाएर चर्चा कमाएको यात्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...