नेपालमा लन्च तयारीमा रहेको प्रोटोन इमास ७ ले मलेसियामा हासिल ग-यो १००० डेलिभरी माइलस्टोन

मलेसियामा हालै लन्च भएको ईभी प्रोटोन इमास ७ ले १ हजार युनिट डेलिभरी माइलस्टोन हासिल गरेको छ । गत डिसेम्बर देखि बुकिङ र डेलिभरी थालेको प्रोटोनको सो ईभीले छोटो समयमा यो उपलब्धि हासिल गरेको हो ।

नेपाली बजारमा समेत जगदम्बा मोटर्सले प्रोटोनको सो ईभी भित्र्याएर परीक्षण गरिरहेको छ । केही दिनमै सो ईभी नेपालमा समेत लन्च हुने तयारीमा छ ।

मलेसियामा सम्पन्न इमास भ्रमणको विस्तार मानिएको इमास ७ पान नेपाल भ्रमण भइरहेको छ । पूर्वको भ्रमण पश्चात हाल पश्चिम भ्रमण भइरहेको छ ।

प्रोटोनले मलेसियापछि नेपालसहित त्रिनिदाद एन्ड टोबागो, सिंगापुर र मौरिशसमा पनि ‘इमास ७’ इभी लन्च गर्ने तयारी गरेको छ । प्रोटोन ‘इमास ७’ प्राइम र प्रिमियम गरि दुई भेरिएन्टमा उपलब्ध रहेका छन् ।

प्रोटोन इमास ७ को प्राइममा ४९.५२ किलोवाट आवर (केडब्लुएच) एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ भने प्रोटोन इमास ७ प्रिमियममा ६०.२२ किलोवाट आवर (केडब्लुएच) एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । यी दुई भेरिएन्टको मूल्य ५६ लाख ९९ हजार र ६७ लाख ९९ हजार रुपैयाँ हुने जानकारी सार्वजनिक भइसकेको छ ।

त्यस्तै प्रोटोन इमास ७ को अर्को विशेषता ’१२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली’ हो । ’१२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली’ ले विद्युतीय सवारी साधनको एकीकृत पावरट्रेनलाई जनाउँछ जसमा मोटर, पावर, इलेक्ट्रोनिक्स, नियन्त्रण एकाइहरूसहित कुलिङ सिस्टम जस्ता विभिन्न उप–प्रणालीहरूको लागि धेरै कम्पोनेन्टहरू प्रयोग गर्नुको सट्टा, तिनीहरूलाई एउटै कम्पोनेन्टमा ल्याइन्छ जसले समग्र जटिलतालाई उल्लेखनीय रूपमा कम गर्छ । साथै धेरै कम्पोनेन्टहरू बीच न्यूनतम ऊर्जा हानिलाई कम गर्दै यसको परफर्मेन्सलाई बढाउछ ।

प्रोटोन इमास ७ ले आसियान एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ र यसले कुल ९२.५७ अंक प्राप्त गरेको छ । जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७.३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६.२५ अंक प्राप्त गरेको छ ।

यी मूल्याङ्कनहरूले ‘इमास ७’ ले यात्री र सडक प्रयोगकर्ताहरूको सुरक्षा प्राथमिकतामा राखेको स्पष्ट हुन्छ ।

सम्बन्धित समाचारहरू

बागमती प्रदेश सरकारद्वारा विद्युतीय बस र सुरुङमार्ग निर्माण योजना स्थगित

बागमती प्रदेश सरकारद्वारा विद्युतीय बस र सुरुङमार्ग निर्माण योजना स्थगित

काठमाडौं – पहिलेको सरकारले ल्याएको विद्युतीय बस खरिद गर्ने र...

ईभी इन्टरनेश्नल शोमा लुयानको एमएनके–३ स्कुटर खरिद गर्दा २० हजार नगद छुट पाइने

ईभी इन्टरनेश्नल शोमा लुयानको एमएनके–३ स्कुटर खरिद गर्दा २० हजार नगद छुट पाइने

दुई दिनपछि काठमाडौंंमा शुरु हुने नेपाल ईभी इन्टरनेश्नल शोमा लुयानको...

पब्जीमा अब टेस्लाका कार चलाउन पाइने

पब्जीमा अब टेस्लाका कार चलाउन पाइने

काठमाडौं – पब्जी मोबाइल गेममा अब टेस्लाका कार चलाउन पाइने भएको छ । यस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...