सरिना जी ट्रेडद्वारा ग्राहकलाई ईभी ट्याक्सी हस्तान्तरण, नीतिगत समस्याबारे चर्चा

काठमाडौं - सरिना जी ट्रेड प्रालिले ईभी ट्याक्सी हस्तान्तरण गरेको छ । आइतबार एक विशेष समारोहकाबीच बुकिङ गरिएका ट्याक्सीहरु हस्तान्तरण गरिएका हुन् ।

उक्त हस्तान्तरण समारोहमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ट्याक्सीहरुलाई व्यवस्थित गर्नका लागि बागमती प्रदेश सरकारले नीति बनाएर काम गरिरहेको बताए । उनले ट्याक्सीहरुको राम्रो व्यवस्थापन गर्न साथै नागरिक र व्यवसायीविच सम्बन्ध कायम गर्ने गरी नीति ल्याइएको बताए ।

उनले भने, ‘बागमती प्रदेश सरकारले ट्याक्सीहरुलाई व्यवस्थित गर्नका लागि एउटा नीति बनाएका छौं । जुन नीतिको आधारमा ईभी ट्याक्सी व्यवस्थित हुने विश्वास छ । बागमती प्रदेश सरकारले नागरिक र सबैको सम्बन्ध कायम गर्नेगरी नीति ल्याएको छ । सबैले चढ्न सक्ने खालको ट्याक्सीको अवधारणा तयार गरेर नीति तयार गरिएको छ ।’

समारोहमा बाग्मती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले ईभी ट्याक्सीको व्यवस्थापनमा सरकार गम्भीर रहेको बताए ।

यसैगरी सरिना जी ट्रेड प्रालिका संचालक राजु श्रेष्ठले इभी ट्याक्सीको आयात र विक्री वितरणमा सरकारले सहज नीति अवलम्बन गर्नुपर्ने बताए । उनले ठूला र मझौला व्यवसायीका समस्यालाई एकमुष्ट सम्बोधन गर्नेगरी सरकारले कार्यक्रमहरु ल्याउनेपर्ने औंल्याए ।

सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी इभीइजीको बुकिङ खुला भएसँगै हस्तान्तरण गरिएका हुन् । जेएमइभी ब्रान्डको उक्त ट्याक्सीलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र १ लाख १ हजार रुपैयाँ भुक्तानी गरि बुकिङ गरिएका थिए ।

जेएमइभीको सेडान कार जीएसइलाई हालै जगदम्बा मोटर्स अन्तर्गतको शौर्य अटोमोबाइल्सले लन्च गरेको थियो । लगत्तै अर्को कम्पनीले यसको ट्याक्सी भर्सन नेपाल ल्याएको हो ।

इभीइजी ट्याक्सीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ४३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसको अधिकतम टर्क २२५ एनएम तथा पावर १३४.६ पिएस छ ।

एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने यस इभीलाई डिसी फास्ट चार्जरको सहायतामा ३० मिनेटभित्रै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, एसी चार्जरले नौ घण्टा र डिसी चार्जरले एक घण्टा १५ मिनेटमा फुल चार्ज गर्न मिल्छ । कम्पनीले यसको ब्याट्रीमा आठ वर्ष अर्थात् एक लाख ५० हजार र मोटरमा तीन वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टी दिएको छ ।

यस ट्याक्सीको लम्बाई ४६७५ एमएम, चौडाई १८३५ एमएम र उचाई १४८० एमएम तथा ह्विलवेश २७५० एमएम छ, भने ग्राउन्ड क्लिरियन्स १७० एमएम दिइएको छ । साथै यसमा फ्रन्ट ह्विल ड्राइभ सिस्टम उपलब्ध गराइएको छ ।

आधुनिक डिजाइन दिएर आकर्षक लुक्समा तयार पारिएको यस ट्याक्सीमा डुअल जोन एसी, रिजेनेरिटिभ ब्रेकिङ, तीनवटा ड्राइभी मोड, प्रोजेक्टर हेड ल्याम्प, किलेस इन्ट्रि, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर राखिएको छ ।

साथै, यसमा क्रुज कन्ट्रोल, इलेक्ट्रिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटर सिस्टम, ४१० लिटरको बुट स्पेस, कोलिजन सेन्सिङ अटोमेटिक अनलक, मल्टि फंक्सन स्टेरिङ ह्विल, आईपी ६७ वाटर प्रुफ ब्याट्री प्याक र थ्री–वे ड्राइभर एन्ड प्यासेन्जर सिट एड्जस्टमेन्ट जस्ता बिशेषता छन् ।

सेफ्टि फिचर अन्तर्गत यसमा दुईवटा एयरब्याग, इबिडी ब्रेकिङ सिस्टमसहितको एबिएस, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल, रियर पार्किङ सेन्सर र एन्टि पिन्च विन्डो ग्लासलगायत छन् ।

सम्बन्धित समाचारहरू

सेमिकन्डक्टर अभाव १ वर्षपछि समाधान हुने, नयाँ प्रविधिमा काम गर्दै ठूला उत्पादक

सेमिकन्डक्टर अभाव १ वर्षपछि समाधान हुने, नयाँ प्रविधिमा काम गर्दै ठूला उत्पादक

विगत २ वर्षयता चरम रुपमा अभाव हुँदै आएको सेमिकन्डक्टरको सप्लाई अव सहज हुने...

चर्चित बैंकर अनिल शाहले रोजे बीवाईडी अल न्यु ई६ : भन्छन् – नेपालको इन्धन नेपालीको लागि

चर्चित बैंकर अनिल शाहले रोजे बीवाईडी अल न्यु ई६ : भन्छन् – नेपालको इन्धन नेपालीको लागि

काठमाडौं – चर्चित बैंकर अनिल केशरी शाहले बीवाईडीको अल न्यु ई६ इलेक्ट्रिक...

टाटा नेक्सन इलेक्ट्रिक अब नेपालमा : चाँडै बुकिङ खुल्ने कम्पनीको घोषणा

टाटा नेक्सन इलेक्ट्रिक अब नेपालमा : चाँडै बुकिङ खुल्ने कम्पनीको घोषणा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...