हिरोले ल्याउदैछ इलेक्ट्रिक डर्ट मोटरसाइकल, डिजाइन पेटेन्ट दर्ता

हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रिक सवारी साधनको पोर्टफोलियो विस्तार गर्ने क्रममा अफ-रोडिङ प्रेमीका लागि नयाँ इलेक्ट्रिक डर्ट बाइकको डिजाइन पेटेन्ट दर्ता गरेको छ । यद्यपि कम्पनीसँग पहिले नै क्यालिफोर्नियामा आधारित इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी निर्माता जिरो मोटरसाइकलमा इक्विटी छ।

सो बाइकको बडीवर्कमा साँघुरो सिट, अग्लो स्ट्यान्स, अग्लो फ्रन्ट फेन्डर, परम्परागत स्विङआर्म, न्यूनतम साइड प्यानल, ट्युबुलर ह्यान्डलबार र प्लास्टिक लिभर गार्ड सहितको पातलो बनावट रहेको छ।

सो मोटरसाइकलको अगाडि ब्याट्री जडान गरिएको देखिन्छ जसमा सम्भावित मिड-माउन्ट गरिएको मोटरको साथमा चेन ड्राइभ हुनेछ । साथै मोनोशकको साथमा लङ ट्राभल फोर्क र नबी टायरको साथमा स्पोक ह्विलमा जडान गरिएको फ्रन्ट र रियर डिस्क ब्रेक समावेश छ ।

सो डिजाइन पेटेन्ट हालै प्राप्त भएको हुनाले हिरोको योजनाको बारेमा थप विवरण सार्वजनिक भएको छैन। हिरोले आगामी दिनहरूमा धेरै नयाँ इलेक्ट्रिक मोडल लन्च गर्ने तयारी गरिरहेको छ। यसमा स्कुटर र मोटरसाइकल दुवै समावेश हुनेछ ।

सम्बन्धित समाचारहरू

हिरो करिज्मा यही अगस्तमै लन्च हुने, कलाकार हृतिक रोशनको टिजर सार्वजनिक

हिरो करिज्मा यही अगस्तमै लन्च हुने, कलाकार हृतिक रोशनको टिजर सार्वजनिक

हिरो मोटोकर्पले एक पटक बन्द गरिसकेको मोटरसाइकल करिज्मा फेरि बजारमा आउने...

हिरोले सार्वजनिक गर्यो मास्टेरो जुम स्कुटरको टिजर, तीन भेरिएन्टमा उपलब्ध हुने

हिरोले सार्वजनिक गर्यो मास्टेरो जुम स्कुटरको टिजर, तीन भेरिएन्टमा उपलब्ध हुने

हिरो मोटोकर्पले नयाँ स्कुटर मास्टेरो जुमको टिजर सार्वजनिक गरेको छ । ३०...

१०० मिलियन ग्राहक पुगेको उपलक्ष्यमा कोभिड किट वितरण सहित राइड फर रियल हिरोज कार्यक्रम

१०० मिलियन ग्राहक पुगेको उपलक्ष्यमा कोभिड किट वितरण सहित राइड फर रियल हिरोज कार्यक्रम

काठमाडौं – हिरो मोटोकर्पले १०० मिलियन अर्थात १० करोड युनिट मोटरसाइकल र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...