२०२५ मोडलको टियागो ईभी नेपालमा, मूल्य २७ लाख ४९ हजार

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीको फेसलिफ्ट मोडल अर्थात २०२५ टियागो ईभी नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले एक कार्यक्रमका बिच सो ईभी सार्वजनिक गरेको हो ।

नयाँ डिजाइन, नयाँ कलर, नयाँ फिचर, नयाँ प्रविधियुक्त ईभी उही मूल्यमा उपलब्ध गराएको कम्पनीले बताएको छ ।

सो गाडी एक्सटी र एक्सजेड प्लस टेक लक्स गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः २७ लाख ४९ हजार र २९ लाख ९९ हजार रुपैयाँ हुनेछ । नेपाली बजारमा पहिले पनि यो ईभी भए पनि अबको मोडलको मूल्य समेत उही हुनेछ ।

नयाँ टियागो ईभीमा २४ किलोवाट आवरको ब्याट्री प्याक र ४८ किलोवाटको मोटर हुनेछ । यसले सिंगल चार्जमा २०५ किलोमिटरको रियल वर्ल्ड रेन्ज दिने बताइएको छ । ११४ एनएमको टर्क प्रदान गर्ने इलेक्ट्रिक मोटर रहेको सो ईभीलाई सिटी र स्पोर्ट्स गरी दुई ड्राइभ मोडमा चलाउन सकिन्छ ।

यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३७८१, १६७७ र १५३६ एमएम छ भने २४०० एमएमको ह्विलबेस छ । २४० लिटरको बुट स्पेस रहेको सो ईभीको टर्निङ सर्कल रेडियस ५.१ मिटर छ ।

नयाँ टियागो ईभीमा यसअघिको हेलोजन लाइटलाई परिवर्तन गरेर एलइडी लाइट प्रयोग भएको छ । अगाडि ग्रीलमा रहेको ईभीको व्याच हटाइएको छ । क्लोजअफ नोज तल रहेको ब्लुस्ट्रिपको सट्टामा सिल्भर लाइन प्रयोग भएको छ । नयाँ डिजाइनको ह्विल तथा सार्कफिन एन्टेना नयाँ टियागो ईभीमा देखिन्छ । कलर समेत थप गरिएको छ ।

नयाँ टियागो ईभीको इन्टेरियरमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने १०.२५ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छ । त्यसैगरी फुल्ली डिजिटल इन्फर्मेसन सिस्टम लगायतका विभिन्न विशेषता रहेका छन् ।

सम्बन्धित समाचारहरू

चर्चामा रहेका सुपर ई–प्ल्याटफर्म लगायतका बीवाईडीका नयाँ प्रविधि वारे विस्तृत जानकारी

चर्चामा रहेका सुपर ई–प्ल्याटफर्म लगायतका बीवाईडीका नयाँ प्रविधि वारे विस्तृत जानकारी

बीवाईडीले सुपर ई–प्ल्याटफर्म, फ्ल्यास चार्जिङ ब्याट्री, ३० हजार आरपीएम...

सुजुकीले पहिलो मिडसाइज इलेक्ट्रिक एसयूभी ईभीएक्स मोबिलिटी एक्सपो २०२५ मा लन्च गर्ने

सुजुकीले पहिलो मिडसाइज इलेक्ट्रिक एसयूभी ईभीएक्स मोबिलिटी एक्सपो २०२५ मा लन्च गर्ने

मारुती सुजुकी इन्डिया लिमिटेडले अर्को वर्ष जनवरी १७ देखि हुने भारत...

महानगर यातायातको सेवा विस्तार, काठमाडौंमा अब थप १६ नयाँ विद्युतीय बस सञ्चालनमा

महानगर यातायातको सेवा विस्तार, काठमाडौंमा अब थप १६ नयाँ विद्युतीय बस सञ्चालनमा

काठमाडौं – महानगर यातायात प्रालिले थप १६ नयाँ विद्युतीय बसहरुमार्फत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...