टीभीएस एक्सचेन्ज मेला सुरु, पुरानो मोटरसाइकलमा ५० हजारसम्म अतिरिक्त मूल्यांकन
काठमाडौं– टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा...
ललितपुर– ललितपुरको बालकुमारीमा टीभीएसको नयाँ शोरुम विस्तार भएको छ । ग्लोबल मोटर्सले बालकुमारीमा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको हो । बिहिबार एक कर्यक्रमको आयोजना गरी जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता र ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले शोरुम उद्घाटन गरेका हुन् ।
टीभीएसको नेपाली बजारमा उपलब्ध सबै मोडल उपलब्ध हुने सो नयाँ शोरूमले स्थानीय समुदायको मोटरसाइकल र स्कूटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ । यसैगरी, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मत सम्भारसहित व्यापक सेवाहरू समेत प्रदान गर्ने जनाइएको छ ।
टीभीएस मोटरसाइकल र स्कटुरमा रुची राख्ने उपभोक्तका लागि उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउन आँफू प्रतबिद्ध रहेको ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले बताए ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताका अनुसार टीभीएसले सधैं उद्योगमा नयाँ मानक स्थापित गर्दै आएको छ । ‘यो नयाँ डिलरशिपले हाम्रो उपस्थिति बलियो बनाउनुका साथै ग्राहकसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पु¥याउने प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ’ उनने भने ।
देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो पकड मजवुत बनाउँदै लगेको बताइएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर स्पेयर पार्ट्सको उपलब्धता कारण टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको कम्पनी दाबी छ ।
काठमाडौं– टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा...
नेपालमा सर्वाधिक बिक्री हुने बाइकहरुको अग्रपङ्क्तिमा टीभीएस पनि पर्दछ...
टीभीएस मोटर कम्पनीले भारतको १६० सीसी मोटरसाइकल खण्डमा आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...