जीओ अटोमोबाइल्सद्वारा थप विशेषता सहित नयाँ एमजी हेक्टर एसयूभी नेपालमा सार्वजनिक
काठमाडौं – नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको...
एमजी मोटर्सले चाँडै नै भारतीय बजारमा एमजी साइबरस्टरलाई नयाँ कारको रूपमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ। कम्पनीको सो कारले लन्च हुनुभन्दा अगाडि नै नयाँ रेकर्ड बनाएको छ । जसलाई इन्डिया बुक अफ रेकर्ड्स र एसिया बुक अफ रेकर्ड्सले पनि प्रमाणित गरेको छ।
सो साइबरस्टरले नयाँ रेकर्ड भारतको राजस्थानको सम्भर तालमा बनाएको हो । सो कारले केवल ३.२ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको थियो ।
कम्पनीले यसमा १०.२५ इन्चको भर्चुअल क्लस्टर, ७ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र ७ इन्चको ड्राइभर टचस्क्रिन प्रदान गरेको छ । साथै यसमा बोस साउन्ड सिस्टम, वाई आकारको स्पोर्ट्स सिट, १९ र २० इन्चको अलोय ह्विल, इलेक्ट्रिक हुड, एन्ड्रोइड अटो, एप्पल कार प्ले जस्ता फिचर प्रदान गरिएको छ।
कम्पनीले एमजी साइबरस्टर इलेक्ट्रिक सुपर कारमा शक्तिशाली ब्याट्री र मोटर प्रदान गरेको छ । यसमा रहेको ब्याट्री पूर्ण चार्ज गरेपछि यसले ५०७ किलोमिटरसम्मको रेन्ज दिन्छ । १४४ किलोवाटको फास्ट चार्जर प्रयोग गरेर ब्याट्री ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । गाडीमा जडान गरिएको मोटरले यसलाई ३७५ किलोवाटको पावर र ७२५ एमएमको टर्क दिन्छ। यसको टप स्पिड १९५ किलोमिटर प्रति घण्टा छ । यसमा रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभको विकल्प पनि दिइएको छ ।
कम्पनीले जनवरी १७ मा भारत मोबिलिटी २०२५ अन्तर्गत आयोजित अटो एक्स्पो २०२५ मा एमजी साइबरस्टर ईभी प्रस्तुत गरेको थियो । सो कार मार्च २०२५ मा लन्च गर्ने अपेक्षा गरिएको छ । कम्पनीले यसको मूल्य यसको लन्चको समयमा नै सार्वजनिक गर्नेछ ।
काठमाडौं – नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको...
टाटा मोटर्स हाल भारतको अग्रणी इलेक्ट्रिक कार निर्माता हो । कम्पनीको...
एमजी मोटरले नेक्स्ट जेनेरेसन हेक्टरको पहिलो टिजर सार्वजनिक गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...