भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं – नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन...
काठमाडौं – नेपाल चीन सीमानामा एमजी एस५ ईभी देखिएको छ । नेपाली बजारमा धेरैले प्रतीक्षा गरिरहेको सो ईभी औपचारिक लन्च हुने तयारीमा छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सो ईभी भित्र्याउँदै छ ।
एमजी४ इलेक्ट्रिक ह्याचब्याक र साइबरस्टर इलेक्ट्रिक रोडस्टर जस्तै स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको एमजी एस५ मा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर छन् । यी सबैका कारण ह्यान्डलिङ, स्टेबिलिटी र कम्फर्टमा सहजता थपिएको छ । स्मुद र डाइनामिक राइडका लागि यो सेगमेन्टमै पहिलो पटक सस्पेन्सन सेटअप विकास गरिएको छ ।
यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ ।
एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।
यो गाडीमा इनबिल्ट आईस्मार्ट सिस्टम छ, जसले टिकटक, च्याटजीपीटी, स्पोटीफाई र युट्युब लगायतका प्रसिद्ध एपलाई एकीकृत गरी ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउछ ।
सो एसयूभीमा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् । यसमा ९९ किलोवाटको मोटर छ ।
अब केही दिनमै सो ईभी काठमाडौं आइपुग्ने र बुकिङ लगायतका अन्य प्रक्रिया प्रारम्भ हुनेछ । यसको मूल्य र अन्य थप जानकारी समेत कम्पनीले केही दिनमै सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।
काठमाडौं – नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन...
इलेक्ट्रिक सवारी स्टार्टअप कम्पनी प्योर ईभीले आफ्नो नयाँ ईट्रिस्ट ३५०...
भारतिय बजारमा निकै राम्रो चर्चा पाइरहेको एमजीको विद्युतिय कार विन्डसर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...