टाटा स्कुल बस चेकअप क्याम्प शुरु, स्पेयर पार्टसमा छुटदेखी निशुल्क चेकअपको सुबिधा
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले स्कुल...
टाटा मोटर्सले नेक्सन ईभीको ४०.५ किलोवाट आवर ब्याट्री भेरिएन्ट बन्द गरेको छ । उक्त भेरिएन्ट बन्द भएसंगै नेक्सन ईभी अब ३० किलोवाट आवर र ४५ किलोवाट आवर भेरिएन्टमा मात्र उपलब्ध हुनेछ ।
टाटा मोटर्सले एलआर ४०.५ किलोवाट आवर भेरिएन्टलाई ३० र ४५ किलोवाट भेरिएन्टको बीचमा राखेको थियो । यसको रेन्ज ३९० किलोमिटर दाबी गरिँदै आएको थियो ।
मिड–स्पेक भेरिएन्ट बन्द भएपछि नेक्सन ईभी अब १० भेरिएन्टमा मात्र उपलब्ध हुने जनाइएको छ । यसको ३० किलोवाट भेरिएन्ट क्रिएटिभ प्लस, फियरलेस, फियरलेस प्लस, फियरलेस प्लस एस र एम्पावरेड ट्रिममा उपलब्ध छ ।
यसैगरी, ४५ किलोवाट आवर भेरिएन्ट क्रिएटिभ, फियरलेस, एम्पावर्ड, एम्पावर्ड प्लस र रेड डार्क ट्रिममा उपलब्ध छ ।
उत्पादन बन्द गरिएको एलआर भेरिएन्ट यसअघि नेपाली बजारमा नेक्सन ईभी म्याक्सको नामले बिक्री हुँदै आएको थियो ।
नेपाली बजारमा यसको ४५ किलोवाट आवर भेरिएन्ट नेक्सन के३ नामले बिक्री हुँदै आएको छ । हालसालै नेपाल आएको यस ईभीको मूल्य ४९ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले स्कुल...
काठमाडौं – आजबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा सिप्रदी...
टाटा मोटर्सको बहुप्रतीक्षित कुपे एसयूभी कर्भ ईभी अन्ततः ७ अगस्टमा लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...