एमजी मोटर्सको नयाँ एसयूभी भारतीय बजारमा विन्ड्सरको नामले लन्च गरिने
एमजी मोटर्सले आगामी अल इलेक्ट्रिक क्रसओभर ईभी भारतीय बजारमा एमजी विन्ड्सर...
एमजीले हालै भारतमा एमजी विन्डसर इलेक्ट्रिक कार लन्च गरेको थियो । सो कारले सबै ग्राहकहरूको मन जित्न सफल भएको छ।
एमजी विन्डसर इलेक्ट्रिक कार लगातार चौथो महिनामा ३ हजार भन्दा बढी युनिटको बिक्री हासिल गरेको छ । एमजी मोटर इन्डियाले जनवरी २०२५ मा विन्डसरको ३ हजार २७७ युनिट बेचेको थियो । डिसेम्बर २०२४ मा ३ हजार ७८५ युनिट, नोभेम्बर २०२४ मा ३ हजार १४४ युनिट र अक्टोबर २०२४ मा ३ हजार ११६ युनिट बिक्री भएको थियो ।
एमजी विन्डसरमा ३८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री भएको स्टेबल म्याग्नेटिक सिंक्रोनस मोटर जडान गरिएको छ । सो मोटरले अधिकतम १३६ पीएस पावर र २०० एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । फुल चार्जमा यसले अराई प्रमाणित रेन्ज ३३२ किलोमिटर छ । सो कारमा इको प्लस, इको, नर्मल र स्पोर्ट गरी चार ड्राइभिङ मोड रहेको छ ।
एमजी विन्डसरमा एलईडी लाइट, फ्लस डोर ह्यान्डल, १८ इन्चको अलोय ह्विल, एरो-लाउन्ज सिट, फ्रन्ट भेन्टिलेटेड सिट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पीएम २.५ फिल्टर, पावर्ड टेलगेट र प्यानोरामिक सनरुफ जस्ता फिचर रहेको छ । कारमा कनेक्टिभिटीको लागि डिजिटल ब्लुटुथ पनि रहेको छ ।
एमजी मोटर्सले आगामी अल इलेक्ट्रिक क्रसओभर ईभी भारतीय बजारमा एमजी विन्ड्सर...
वुलिङ एयर इलेक्ट्रिक कार आधिकारिक रूपमा इन्डोनेसियाली बजारमा यो महिना...
काठमाडौं – एमजीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै सातदोबाटो,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...