टाटा कर्भले तान्यो ४८ हजार किलोग्रामको विमान

शक्ति र पावरका लागि परिचित टाटा मोटर्सको कारले असम्भव उपलब्धि हासिल गरेको छ। टाटाको कर्भले ४८ हजार किलोग्रामको बोइङ ७३७ तानेर विश्वलाई चकित पारेको छ ।

टाटाले आफ्नो एटलस प्लेटफर्मको शक्ति र ड्युरेबिलिटीको प्रदर्शन र यसको नयाँ हाइपरियन १.२ लिटर जीडीआई इन्जिनको प्रदर्शन गर्दै सो अविश्वसनीय उपलब्धि हासिल गरेको छ ।

टाटा मोटर्सले हालै सार्वजनिक गरेको भिडियोमा सो दृश्य देखिएको छ । केरलाको थिरुबन्थापुरमस्थित एआईईएसएल हयांगरमा सो भिडियो खिचिएको हो ।

यद्यपि सो कारले यस्तो उपलब्धि हासिल गरेको यो पहिलो पटक होइन । टाटा कारले आफ्नो इन्जिनियरिङ क्षमता प्रदर्शन गर्न विमान तानिरहेको यो दोस्रो पटक हो । यसअघि पनि टाटाको हेक्सा कारले ४२ हजार किलोग्रामको ३ वटा ट्रकलाई तानेर सबैलाई स्तब्ध बनाइसकेको छ।

टाटा हेक्सा एक बलियो कार थियो जुन हेभी-ड्युटी ल्याडर-फ्रेम च्यासिसमा आधारित थियो । सो कार ४०० एनएम टर्कको साथ २.२ लिटर टर्बो डिजेल इन्जिनद्वारा संचालित छ । टाटा कर्भ मोनोकोक प्लेटफर्ममा आधारित छ र केवल २२५ एनएम टर्कको साथ १.२-लिटर टर्बो पेट्रोल इन्जिनद्वारा संचालित छ ।

सम्बन्धित समाचारहरू

भोलि देखि देशभरका सोरुममा टाटा मोटर्सको एक्सचेन्ज क्याम्प आयोजना हुने

भोलि देखि देशभरका सोरुममा टाटा मोटर्सको एक्सचेन्ज क्याम्प आयोजना हुने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक बितरक सिप्रदी ट्रेडिङ...

नेक्सन इभी म्याक्सको ‘वेटिङ पिरियड’ ४ महिना नाघ्यो, तत्काल नेपाल आउने संभावना कम

नेक्सन इभी म्याक्सको ‘वेटिङ पिरियड’ ४ महिना नाघ्यो, तत्काल नेपाल आउने संभावना कम

यसै महिनाको ११ तारिखमा लन्च गरिएको टाटा नेक्सन इभीको लङ रेन्ज भेरियन्ट...

टाटाको नक्कली पार्ट्स विक्री गर्ने रौनियार प्रहरी नियन्त्रणमा

टाटाको नक्कली पार्ट्स विक्री गर्ने रौनियार प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले हिँजो काठमाण्डौ ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...