बाइक चलाएर स्टार्ट बन्द गरेपछि किन टिकटिकको आवाज आउँछ? यस्तो छ कारण

सहरी क्षेत्र होस् वा लामो दुरीको यात्रा गर्दा होस् दुई पाङ्ग्रे सवारीसाधन निकै लोकप्रिय साधन हो । बाइकको यात्रा धेरै सुविधाजनक मानिन्छ। अन्य सवारीसाधनको तुलनामा बाइकले कम इन्धन खपत गर्नुका साथै ट्राफिक जाम र साँघुरो सडकमा पनि सजिलै चलाउन सकिन्छ ।

तर बाइक चलाएर स्विच अफ गर्दा कहिलेकाहीँ बाइकबाट टिक टिकको आवाज आएको हुन्छ । यद्यपि यस्तो आवाज आएमा आतिनु भने पर्दैन । यो सामान्य प्रक्रियाको हिस्सा हो र यसको पछाडि केही वैज्ञानिक कारणहरू छन् ।

आधुनिक बाइकहरूमा क्याटालिटिक कन्भर्टर भनिने प्रविधि प्रयोग गरिएको हुन्छ, जसले हानिकारक ग्याँस घटाउने काम गर्छ। यसले कार्बन मोनो अक्साइडलाई कार्बन डाइअक्साइडमा परिणत गर्ने काम गर्छ, जसले गर्दा प्रदूषण कम हुन्छ।

बाइक चलाउँदा बाइकको साइलेन्सर र त्यसभित्रका पाइप निकै तातो भएको हुन्छ । तर बाइक चलाएर स्विच अफ गर्दा ती पाइप विस्तारै चिसो हुँदै जान्छ र आफ्नो सामान्य अवस्थामा फर्किन थाल्छ । यो सङ्कुचन प्रक्रियाको कारण बाइकबाट टिक टिकको आवाज आएको हुन्छ ।

इन्जिन र साइलेन्सर चिसो भएपछि धातु आफ्नो मौलिक अवस्थामा फर्कने गर्छ । यसले गर्दा यस प्रकारको आवाज आएको हुन्छ । यसको लागि कुनै प्रकारको चिन्ता लिनु पर्दैन।

सम्बन्धित समाचारहरू

अजित कुमारलाई नेपाल घुमाउने सहयोगीले पाए १९ लाखको बीएमडब्ल्यु बाइक

अजित कुमारलाई नेपाल घुमाउने सहयोगीले पाए १९ लाखको बीएमडब्ल्यु बाइक

काठमाडौँ – दक्षिण भारतीय अभिनेता अजित कुमारले आफूलाई नेपाल घुमाउन सहयोग...

वर्षामा कार र बाइकको टायर किन चिप्लिन्छ ?

वर्षामा कार र बाइकको टायर किन चिप्लिन्छ ?

वर्षायाम चलिरहेको छ । यो मौसममा सवारी साधन चिप्लिएर दुर्घटना हुने खतरा बढि...

अगस्ट चौथो सातामा मोटरसाइक्लिङ कार्निभल बाइकर्स जात्रा हुने

अगस्ट चौथो सातामा मोटरसाइक्लिङ कार्निभल बाइकर्स जात्रा हुने

काठमाडौं – हजारौँ मोटरसाइकलिस्ट सहभागी रहने बाइकर्स जात्रा (मोटरसाइक्लिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...