टीभीएसद्वारा राष्ट्रिय स्तरको स्किल फेस्ट आयोजना, ३० जना उत्कृष्ट टेक्निसियन छनोट

टीभीएस मोटर कम्पनीले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्तरको सिप प्रतियोगितामा, जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्निसियनहरूले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा सहभागी ३० जना प्रतिभाशाली टेक्निसियन्सहरु नेपालभरबाट छानिएका उत्कृष्ट टेक्निसियन हुन् । टेक्निसियनहरूले अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्दै मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सीप र ज्ञानको बेजोड प्रदर्शनी गरेको बताइएको छ ।

सो आयोजनामा सहभागिता जनाइएका शीर्ष ३० टेक्निसियनहरू मध्यबाट पनि उत्कृष्ट ५ को छनोट गरिने र तिनले भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजित हुने एसिया स्तरको सीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

विश्वव्यापी स्तरमै दुई पाङग्रे सवारी साधनको क्षेत्रमा अग्रणी कम्पनीका रूपमा परिचित टीभीएस मोटर्सले विभिन्न देशका उत्कृष्ट टेक्निसियनहरूलाई एकै मञ्चमा उभ्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम ज्ञान आदानप्रदान गर्न, नवीनतम प्राविधिक नवप्रवर्तनहरू उजागर गर्न र मोटरसाइकल उद्योगमा सेवा स्तरलाई नयाँ उचाइमा पुर्याउन लक्षित बताइएको छ ।

प्रतियोगितामा सहभागिताका लागि टीभीएस सवारी साधनहरूको मर्मत तथा सेवा प्रवाहमा अद्वितीय दक्षता देखाएका र उत्कृष्ट प्रदर्शन गर्ने टेक्निसियनहरूको चयन गरिएको छ ।

प्रतियोगितामा जटिल डायग्नोस्टिक र मर्मत चुनौतीहरूको श्रृङ्‍खलाले टेक्निसियनहरूको समस्या समाधान गर्ने क्षमता, टीभीएस मोटरसाइकलको उन्नत प्रविधिहरूको ज्ञान र ग्राहक सेवा सीपहरूको परीक्षा लिइएको थियो । सहभागीहरूको प्राविधिक दक्षता प्रदर्शन गर्नका लागि कार्यक्रम उपयुक्त माध्यम बनेको छ ।

सम्बन्धित समाचारहरू

ग्राहक तान्न ४ मोटरसाइकल ब्रान्डविच प्रतिस्पर्धा, यस्तो छ स्किम र अफर

ग्राहक तान्न ४ मोटरसाइकल ब्रान्डविच प्रतिस्पर्धा, यस्तो छ स्किम र अफर

बजारमा तरलता अभावको समस्या चर्किन शुरु भएसंगै मोटरसाइकल तथा स्कुटरको...

अपाचे सिरिजका मोटरसाइकल र एनटर्क स्कुटर लगायत टीभीएसका धेरै मोडलको बढ्यो मूल्य

अपाचे सिरिजका मोटरसाइकल र एनटर्क स्कुटर लगायत टीभीएसका धेरै मोडलको बढ्यो मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध टीभीएस मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको...

यूरोपमा बजार विस्तार गर्दै टीभीएस, ७ वटा प्रोडक्ट बिक्री गर्नेे

यूरोपमा बजार विस्तार गर्दै टीभीएस, ७ वटा प्रोडक्ट बिक्री गर्नेे

भारतिय टु ह्विलर उत्पादक टीभीएसले यूरोपमा आफ्नो बजार विस्तार गर्ने भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...