केई एक्स३ प्रो ईभी अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३ लाख ९६ हजार

काठमाडौं – केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले ९९ किलोवाट मोटर पावरमा केई एक्स३ प्रो ईभी नेपालमा उपलब्ध गराएको घोषणा गरेको छ । अझै बढी पर्फमेन्स र दक्षतायुक्त एक्स३ प्रो को सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेबल एसयूभी हुने समेत कम्पनीको भनाइ छ । एक्स३ प्रो एक इलेक्ट्रिक सवारी साधन मात्र नभएर अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनीय पर्फमेन्सको संगम समेत हो । यसमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) को लिथियम आइरन फस्फेट ब्याट्री छ, जसले २६० एनएम सम्मको उच्चतम टर्क प्रदान गर्छ ।

यसले सिंगल चार्जमा ३७० किलोमिटर (NEDC) सम्मको रेन्ज दिन्छ । यसको ब्याट्रीलाई फुल चार्ज गर्न ५ देखि ७ घण्टा लाग्छ । यसलाई घरैमा ७ किलोवाटको एसी चार्जर प्रयोग गरी ८ घण्टामा चार्ज गर्न सकिन्छ । त्यसैगरी डीसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

एक्स३ प्रो ईभीको लम्बाई ४४४३ एमएम, चौडाई १८३१ एमएम र उचाई १६४६ एमएम छ भने यसको ह्विलबेस २६३२ एमएम छ । यी सबैका कारण पाँच सिट क्षमताको यो गाडीमा पर्याप्त इन्टेरियर स्पेस छ ।

केई एक्स३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ । यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ ।

विभिन्न पाँच कलर अप्सनमा केई एक्स३ प्रो ईभी उपलब्ध हुनेछ । काठमाडौंको भाटभटेनीमा यसको शोरुम अवस्थित छ । नेपालभरि बलियो उपस्थितिसँगै केई नेपालले भाटभटेनीका साथै धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौडा, दमक र विर्तामोड सहित नौ वटा शोरूम सञ्चालन गर्दै आएको छ ।

यीवीन केई अटोमोबाइल कम्पनी लिमिटेड (केई अटो) चेरी अटोमोवाइल कम्पनीको लगानीमा स्थापना भएको हो । सन् २०१४ मा स्थापना भएको केई अटोमोबाइलसँग आफ्नै आरएण्डडी र मुख्य टेक्नोलोजी रहेको छ । कम्पनीले प्रयोग गर्ने हाई पर्फमेन्स, मल्टीसेन्स, एक्पान्डेवल एण्ड मोडूलर प्लेटफर्म रहेको छ । पेट्रोलियम इन्जिन र ईभी दुबैमा काम गर्दै आएको कम्पनीसँग सेडान, एसयूभी र एमपीभी छन् । यसको मुख्यालय चीनको सिचुवान प्रान्तमा रहेको यीवीन सिटीमा रहेको छ ।

सम्बन्धित समाचारहरू

दीगोको ४ दिने अटो कार्निभल सुरु, स्पटमै गाडी साट्न सकिने

दीगोको ४ दिने अटो कार्निभल सुरु, स्पटमै गाडी साट्न सकिने

काठमाडौं – विद्युतीय सवारीसाधनको प्रबद्र्धनमा अग्रणी भूमिका खेल्दै आएको...

जिलीले सञ्चालनमा ल्यायो विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल सेफ्टी सेन्टर

जिलीले सञ्चालनमा ल्यायो विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल सेफ्टी सेन्टर

चिनियाँ अटोमोबाइल निर्माता कम्पनी जिली अटो ग्रुपले चीनको झेजियाङ...

पेरिसमा अब भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने

पेरिसमा अब भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने

काठमाडौँ – फ्रान्सको पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...